काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड सहित देउवा र खड्का तीन शीर्ष नेताहरुबीच छलफल जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का लगायत नेताहरू अहिले मन्त्रालय भागवण्डाका विषयलाई लिएर छलफलमा जुटेका छन् ।
सभापति देउवाले कांग्रेस उपसभापति खड्कालाई रक्षा मन्त्री बन्न प्रस्ताव गरेपनि खड्काले अर्थ मन्त्रीको दावी गर्दै असन्तुष्टि जनाइरहेका छन् ।
अहिले अन्य पाटीमा भागभण्डको विषयमा कुरा मिलेपनि कांग्रेसमा छलफल जारी छ । अर्थ मन्त्रीमा प्रकाश शरण महतले दावी गरेपति पाटीले सो कुरा सकरात्मक लिएको थियो तर पूर्ण बहादुर खड्काले आँफू बन्न चाहेको बताउँदै आएको स्रोतले जनाएको छ ।



