रिबन

तनहुँ २ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेस निर्णय

काठमाडौं । नेपाली कांग्रेसले वैशाख १० गते हुने तनहुँ २ को उपनिर्वाचनमा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवन २ मा जितनारायण श्रेष्ठ र तनहुँ २ मा भट्टराईलाई उम्मेदवार बनाउने निर्णयको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

तनहुँ २ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि त्यहाँ सांसद पद रिक्त भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले भट्टराई पहिले नै तनहुँ २ मा जितेर आउन निर्देशन दिइसकेका थिए । त्यसैले उनले टिकट पाउने निश्चित जस्तै थियो । तनहुँ २ मा ध्रुव वाग्ले, रामचन्द्र पोखरेललगायत टिकटका आकांक्षी थिए ।

कांग्रेसले गोविन्द भट्टराईलाई टिकट दिएपछि गोविन्दराज जोशीलाई नैतिक संकट परेको छ । यसअघिका दुई निर्वाचनमा उनी पौडेललाई हराउन लागिपरेका थिए । तर कांग्रेसले नेविसंघका पूर्वअध्यक्षसमेत रहेका भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेपछि जोशी समूहले कस्तो रणनीति अख्तियार गर्छ भन्ने चासोको विषय बनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *