राजनीति

प्रधानमन्त्री चितवनतिर लागेपछि गठबन्धन बैठक फेरि सर्‍यो


काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता गठबन्धन दलको बैठक फेरि रोकिएको छ । हिजो बसेको बैठकले आज मन्त्रिहरुको नाम टुंगो लगाउने भने पनि बैठक फेरि सरेको हो ।

राजनीतिक दलहरुले आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम दिन नसकेकाले बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बताए ।

‘सबै पार्टीबाट मन्त्रीहरुको नाम आयो भने आजै साँझ सरकार विस्तार हुन्छ,’ श्रेष्ठले भने, ‘ पार्टीले नाम दिन सकेनन् त्यसैले बैठक दिउँसो २ बजे बस्ने गरी सरेको छ ।’

पार्टीहरुलाई संस्थागत निर्णय गरेर मन्त्रीहरुको नाम छिटो ल्याउन भनिएको श्रेष्ठले जानकारी दिए ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहँदा हेलिकोप्टर तयारी अवस्थामा राखिएको थियो । बैठक २ बजेसम्म सारेर प्रधानमन्त्री दाहाल आफ्नो गृहजिल्ला चितवनतिर लागेका छन् ।

नेता श्रेष्ठले भने, ‘प्रधानमन्त्रीको व्यस्तताले ढिलो भयो । प्रधानमन्त्री आफैंले गृहकार्य गर्दा हुन्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *