म लेखूँ यहाँ के,कविता कविको
दिउँसै हरायो , रोशनी रविको ।
म भन्छु कहानी,लेखियो अरू नै
रातमा खोजेछौ,रापिलो छविको।
रसिला थिए ती ,को हुन् खै चिनीन
सजाई राखेका, ढकिया हविका ।
न झुक्नु त्यसरी,मानमा रहनु
सँगाल्नु सहास, साथ छ पविको ।
बोलाई पछुतो ,हुन्छ र कहाँ लौ
चिमोटी निचर्छु,कहानी सविको ।
कोमल, काठमाडौँ




