समाचार

नयाँ राष्ट्रपति पौडेललाई बालुवाटारमा भव्य स्वागत

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । बिहीबार साँझ साढे ७ बजे पौडेल नेपाली कांग्रेसका नेताहरुसहित बालुवाटार पुगेका हु्न् ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रधानमन्त्री प्रचण्डले स्वागत गरेका थिए । पौडेल र प्रचण्डबीच केहीबेर कुराकानीसमेत भएको थियो । बिहीबार भएको निर्वाचनमा पौडेल अत्यधिक मतसहित राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले ३३ हजार आठ सय मतभार पाएका थिए । पौडेलका साथमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का थिए । नवनिर्वाचित राष्ट्रपति पौडेलले बिहीबार नै निर्वाचित भएको प्रमाणपत्र पाएका छन् । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *