नेपाल सरकारले भ्रष्टाचार निवारण गर्न वा भ्रष्टाचार गर्ने व्यक्ति वा संघसंस्थालाई कानूनको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना गरेको छ भने गैरकानूनी रुपमा आयआर्जन गरिएको सपत्ति छानबिन गर्न सम्पति शुद्धिकरण विभाग गठन गरेको छ । यी दुवै निकाय कसैले पनि भ्रष्टाचार निमूल गर्नका लागि ध्यान दिन सकेको छैन् ।
तीन दशक अघिदेखि नै सबैभन्दा बढी भ्रष्टाचार गर्ने ठाउँ बनेको बैंक तथा वित्तिय संसथा । वित्तिय संस्थाका कर्मचारी घुस खादैँ कर्जा प्रवाह गर्छन् । यता घुस पाएपछि कमसल धितोमा पनि कर्जा प्रवाह गर्ने । साथै, खोला, पार्खा, डाँडाकाँडा आदि लगायतको जग्गा राखेर वा थोत्र्रा, पुराना, कबाडी गाडी राखेर पनि कर्जा दिने गर्छन । अहिलेपनि मानिसहरु खुल्ला रुपमा भन्छन्, ‘सहकारीबाट एक लाख रुपैयाँ कर्जा लिनुपरेमा पहिला नै घुस यति दिन्छु भनेर भन्नुपर्छ ।’ यता एक लाख रुपैयाँ कर्जा लिएकोमा तमसुक गराउँछ तर ८५ हजार मात्र दिइन्छ । यता ब्याज र साँवा भने एक लाख रुपैयाँकै तिर्नुपर्छ ।
एक लाख रकमको १८ प्रतिशतदेखि ४८ प्रतिशतसम्म ब्याज तिर्नुपर्छ । दुई करोड मूल्य बराबरको घरजग्गा, गाडी वा सेयर धितो राखेमा बैंक तथा वित्तिय संस्थाले डेढ करोड कर्जा दिन्छ । तर, त्यसमा १५ देखि २० लाख त घुस नै लिइन्छ । यता संस्थाले डेढ करोड कर्जा लिएको तमसुक गराउँछ त ऋणीको हातमा पर्छ एक बरोड ३० लाख । उता ब्याज भने डेढ करोड कै लिने गरेका छन् । त्यस्तै, तीन किस्ता साँवाब्याज नतिर्नेबित्तिकै वित्तिय संस्थामा रोक्का राखेको धितो लिलाम गरिन्छ । यसरी एक करोड ३० लाख रुपैयाँमा २ करोडको धितो पचाइन्छ । राम्रो धितो नभएका वा घुस नदिने व्यक्तिहरुलाई वित्तिय संस्थाले कर्जा नै प्रवाह गर्दैनन् ।
अहिले बैंक तथा वित्तिय संस्थाका सञ्चालक, अध्यक्ष र कर्मचारी घुसिया छन् ? भनेर थाहा हुँदा हुँदै पनि न सहकारी विभाग नै छानबिन गर्छ न महानगरपालिका । यता, शुद्धिकरण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी त झन् मौन नै छन् । पछिल्लो समय सबैभन्दा बढी भ्रष्टाचार हुने ठाउँ नै बैंक तथा वित्तिय संस्था हो । संस्थाका सञ्चालक, अध्यक्ष र कर्मचारीहरु मालामाल भएका छन् भने ऋणीको उठीबाँस लगाएका छन् । वित्तिय संस्थाकै कारण करोडौँको धितो भएका करोडपति समेत सुकुम्बासी हुन पुगेका छन् । तर, त्यो ऋण सहन नसकेर कतिपयले आत्महत्या समेत गरेका छन् । बैंक तथा वित्तिय संस्थामा जागिर खाएको दश वर्ष नबित्दै संस्थाका साधारण कर्मचारीले समेत जग्गा किनेर घर बनाउँछन् ।
यता सञ्चालक, अध्यक्ष र कर्जा अधिकृतको त कुरो नै नगरौँ । उनीहरु दुई करोडको धितो राखेर एक करोड कर्जा प्रवाह गर्छन् तर त्यसमा पनि १५ लाख रुपैयाँ घुस मात्रै खान्छन् । तर त्यसको तीन किस्ता नतिर्ने बित्तिकै त्यो धितो नै लिलाम गर्छन् र आँफू र आफ्नो मान्छेलाई स्वीकार्न लगाउँछन् । यसरी ८५ लाखमा ऋणीको दुई करोडको धितो खापखुप बनाइन्छ । वित्तिय संस्थाकै कारण हजारौं मानिसको उठीबाँस भएको त सयौँ मानिस सुकुम्बासी भएका छन् । यता वित्तिय संस्थाले दिएको दबाब सहन नसक्दा आत्महत्या गर्नेको संख्या बढ्दो छ ।
अख्तियारले पाँच सय रुपैयाँ घुस खाने सरकारी कर्मचारी समात्छ तर लाखौँ लाखौँ रुपैयाँ घुस खाने बैंक तथा वित्तिय संस्थाका अध्यक्ष र सञ्चालकलाई भने समात्दैँन । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाको एकाएक कर्तुत बाहिर निस्केपछि अहिले सर्वसाधारणको नजरमा बैंक तथा वित्तिय संस्था एक नम्बरको घुसिया बनेको छ । तर, सरकार वा मन्त्रिपरिषद्को बैठकले अहिलेसम्म बैंक तथा वित्तिय संस्थाका अध्यक्ष, सञ्चालक र कर्मचारीको व्यक्तिगत सम्पत्ति छानबिन गर्नुपर्छ भनेर कुनै ऐनकानून पनि बनाएको छैन वा निर्णय गरेको छैन । बैंक तथा वित्तिय संस्थामा धितो राखी ऋण लिने ऋणीहरु वित्तिय संस्थाले धितो नै लिलाम गरेपछि कि त सुकुम्बासी भएका छन् होइन भने आत्महत्या गरेका छन् ।यसरी सुकुम्बासी हुने वा आत्महत्या गर्ने र घुस खाई महंगो ब्याजमा कर्जा प्रवाह गरी अरुको उठीबाँस लगाउने पनि नेपाली जनता नै हो ।
बैंक तथा वित्तिय संस्थाले घुस खाएर एउटै व्यक्तिलाई ७ अर्बसम्म कर्जा प्रवाह गरेको सुनिन्छ । तर, १ अर्ब ५ करोड कर्जा प्रवाह गर्दा ८ करोड मूल्य बराबरको मात्र धितो राखेको पनि सुनिन्छ । यसरी घुसको आडमा बैंकले आँखा चिम्लेर कर्जा लगानी गरिरहेको छ । आखिर डुब्ने भनेका बैङ्का संचालक हैनन् सर्बसाधारण जनता नै हुन् ।
यसरी जनताको पैसामा बैंकले घुस खाएर कमसल धितो राखी कर्जा प्रवाह गरेको यो कुरा अहिले छलङ्ग भएको छ । पछिल्लो समय अधिकांश बैंक डुबिसकेका छन् र सहकारीहरु प्रत्येक दिन भागिरहेका छन् भनेर अधिकांशले थाहा पाइसकेका छन् ।
बैंक तथा वित्तिय संस्थाले घुस खान पाएपछि के कतिसम्म गर्छ ? भनेर अहिले छलङ्ग बाहिर आइसकेको छ । बैंकले घुस पाएपछि ५० लाखमा बिक्री नहुने घरजग्गालाई २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको पाइएको छ । यसरी बैंक तथा वित्तिय संस्थाले घुसको लोभमा सर्वसाधारणले दुःखले कमाएको रकम जथाभावी लगानी गर्दा आज सर्वसाधारणको बचत डुब्ने अवस्थामा पुगेको छ ।
उनीहरुले घुस लिएर आँखा चिम्लेर घरजग्गा, गाडी र सेयरमा लगानी गरे तर आज घरजग्गा, गाडी र सेयरको मूल्य हवात्तै घटेको छ । यीनीहरुको मूल्य अझेपनि घट्ने विज्ञहरु बताउँछन् । अहिले अरुलाई ठगेर, लुटेर र राज्यलाई राजस्व छलेको सबैभन्दा धेरै आम्दानी गर्ने भने कै बैंक तथा वित्तिय संस्था हुन् । यदि एउटा उदाहरण भन्नुपर्दा राजधानीको पुतलीसडकस्थित रहेको सिन्सियर सेभिङ एण्ड के्रडिट कोअपरेटिभको पछिल्लो समय ठगीधन्दा बाहिर छलङ्ग निस्कन थालेको छ ।
२०५७ साल मंसिर २९ गते सहकारी विभागमा यो सहकारी दर्ता भयो । यो सहकारी दर्ता भई सञ्चालनमा आउँदा (हाल संस्थाका कार्यकारी सञ्चालक) राजेश खड्का बजारबाट रकम संकलन गर्ने गर्थे । तर, पैसा उठाउँदा समेत एक लाख रुपैयाँ उठाएमा ९८ हजार मात्र भएको भनी भुलाएर त्यँहीको त्यँही २ हजार रुपैयाँ खाने भनेर अहिलेपनि उनीसँग चिनजान भएका मानिसहरु बताउँछन् ।
यसरी पैसा उठाउनेबाट उनले मालपोत तथा यातायात कार्यालयमा घरजग्गा तथा गाडी रोक्का गर्ने कामको जिम्मा पाए र त्यहँीबाट उनले घुस खान पनि सुरु गरे । २३ वर्षअघिसम्म खड्का कंलकीबाट पुतलीसडकसम्म आउँदा कि त हिडेर आउन्थे होइन भने साइकलमा आउन्थे ।
त्यसबेला उनको पुर्खौली सम्पत्ति बेच्दा २० लाख समेत आउँदैन थियो । तर, अहिले खड्काको सम्पत्ति मात्रै ५० देखि ६० करोडसम्मको छ भनिन्छ । उनी कंलकीबाट पुतलीसडकसम्म आउँदा अहिले करोड मूल्य पर्ने गाडी चढ्छन् । यता २३ वर्षअघि संस्था दर्ता गर्ने समयमा संस्थाको अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ थिए र अहिलेपनि उनी नै छन् ।
श्रेष्ठको त्यसबेला करिब ५० लाख रुपैयाँ बराबरको पुर्खोली सम्पत्ति रहेकोमा अहिले ५० देखि ८० करोड रहेको मानिसहरु बताउँछन् । उनी पनि २३ वर्षअघि पैदाला नै हिड्थे तर अहिले करोडको गाडीमा सवार गर्छन् त रोपनीमा बनेको महलमा बस्छन् । त्यस्तै, पन्ध्र वर्ष अघिसम्म एउटा अस्पतालमा दश हजार तलबमा महिनाभरि काम गर्ने मिरा कमाचार्य (हाल संस्थाकी शाखा अधिकृत) को अहिले ५ देखि ६ करोडको सम्पत्ति रहेको बताइन्छ ।
तर, राजेश खड्का र राजेन्द्रभक्तलाई २३ वर्षअघि देखि चिन्न मानिसहरु अहिले उनीहरुको सम्पत्ति देखेर दंग पर्छन् । यता १५ वर्षअघि मिरालाई चिन्ने मानिसहरु पनि उनलाई देखेर छक्क पर्छन् । यसरी एउटा साधारण सहकारीका सञ्चालक, अध्यक्ष वा कर्मचारीले त घुस खाएर यत्रो सम्पत्ति जोडेका छन् भने बैंकका अध्यक्ष, सञ्चालक र कर्मचारीले कति सम्पत्ति जोडेका होलान् ।
तर, सहकारीमा पनि जनताकै बचत छ त बैंकमा पनि तीनै जनताको डिपोजिट छन् । यसरी भोलि सहकारी भागेमा वा बैंकमा डुबेमा डुब्ने त हामी सर्वसाधारण जनता त हौँ नि । पछिल्लो समय बैंक तथा वित्तिय संस्थामा लाइन लाग्नुको मुख्य कारण यही हो । यदि उदाहरण नै भन्नुपर्दा अहिले सिसिन्यरमा बचतकर्ताहरुको लाम लागेको छ । त्यँहा आफ्नो पैसा निकाल्नेको त लाम छ तर राख्ने कोही छैन । थोत्र्रा ट्याक्सीमा सिन्सियरले गरेको लगानी अहिले छलङ्ग भएको छ ।




