काठमाडौँ । जनयुद्धमा सहिद तथा बेपत्ता पारिएका परिवारका सन्ततिहरूले शीर्ष नेताहरूसंग अन्तरक्रिया गर्ने भएका छन् । सहिद र बेपत्ता परिवारका सन्ततिहरूले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित शीर्ष नेताहरूलाई बोलाएर कार्यक्रम गर्न लागेका हुन् ।
सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले प्रचण्डसहित सम्पूर्ण विभाजित माओवादी नेताहरूलाई बोलाएर अन्तरक्रिया गर्न गर्ने कार्यक्रम रहेको छ । फाउन्डेसनका अध्यक्ष सन्दीप पुनका अनुसार सहिद सप्ताहको अन्तिम दिन पारेर आज प्रज्ञा भवन कमलादीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री प्रचण्ड सहित ६ पूर्व माओवादीका नेताहरू सो कार्यक्रममा सहभागि हुने प्रतिवद्धता दिएको पुनको भनाइ रहेको छ ।
‘तत्कालीन जनयुद्धमा सहिद तथा बेपत्ता पारिएका सबै सन्ततिहरूको नाममा संस्था बनाएका छौँ उनले भने,‘जनयुद्धमा सहभागी भएका सबै शीर्ष नेताहरूलाई बोलाइएको पुनले जानकारी दिउ । एउटे कार्यक्रममा ‘सबै शीर्ष नेताहरूलाई एउटै ठाउँमा बोलाएर सहिद तथा बेपत्ता पारिवाको तर्फबाट आफ्नो कुरा राख्ने तयारी आज रहेको छ ।
सो कार्यक्रममा प्रचण्डसहित नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा महासचिव विप्लव, नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तोला, नेकपा समाजवादी माओवादीका अध्यक्ष कर्णजीत बुढालाई बोलाएको छ ।



