राजनीति

८ दलीय गठबन्धनको बैठक अपराह्न ४ बजे बस्ने

काठमाडौँ । राष्ट्रपति निर्वाचनबारेको छलफलका लागि ८ दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ । सो बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा
बैठक अपराह्न ४ बजे बस्ने गरि बैठकको तालिका सार्वजनिक गरेको छ ।

बालुवाटारमा बस्ने आठ दलिय गठबन्धनको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल हुने प्रधानमन्त्री स्रोतले जनाएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगत्तै मन्त्रिपरिषद् विस्तार हुने गरी दलहरुबीच भागवण्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलका नेताहरुसँग छलफल तथा परामर्श जारी राख्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *