समाचार

जेलबाट निस्के पल शाह

काठमाडौं । नाबालिग बलात्कार अभियोगमा एक वर्षदेखि कारागारमा रहेका पल शाह रिहा भएका छन् । सोमबार बिहान उनी तनहुँ जिल्ला कारागारबाट रिहा भएका हुन् ।

जेलबाट बाहिर निस्कँदा पल शाहले अबिर र फूलमाला लगाएका थिए । सधैं क्याप टोपी लगाउने पलले सोमबार भने टोपी लगाएका थिएनन् । उनको कपाल निकै छोटो देखिएको छ ।

उच्च अदालत पोखराले नाबालिग बलात्कार अभियोगमा दाबी नपुगेको भन्दै पल शाहलाई आइतबार सफाइ दिएको थियो । अदालतको पत्र सोमबार बिहान पुगेपछि उनी सोमबार बिहान रिहा भएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *