रिबन

शुन्य मौजदातमा एनआईसी एशिया बैंकको ८४ लाखसम्मको बीमा

तपाईले बिमा गर्नुभएको होला । जीवन बिमाका लागि महिना/वर्षमा कति खर्च गर्नुहुन्छ ? बैंक र इन्स्योरेन्स कम्पनीहरूले हजारदेखि करोडसम्म बिमा स्किम ल्याएर मासिक रकम उठाइरहेका छन् । तर, तपाईंलाई थाहा छ, एनआईसी एशिया बैंकमा एक खाता खोलेकै भरमा ८४ लाख रुपैयाँसम्मको बिमा रकम पाइन्छ । त्यो पनि शून्य ब्यालेन्समा । तर, शून्य ब्यालेन्समै कसरी ?

शून्य ब्यालेन्समा ८४ लाखको बिमा सुविधा पाउनका लागि भने केही प्रक्रिया पूरा गर्नैपर्छ । यो सुविधा पाउन एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ एम्बेसडर बचत खाता खोल्नुपर्छ । सर्वश्रेष्ठ बचत खाता खोल्ने व्यक्तिले थप तीन जनालाई आफ्नो खातामा जोड्न सक्छन् । खातावालाले जोडेका तीन जनाको खाता बैंकमा खोल्नु पर्छ । बैंकमा पहिले नै खाता छ भने पनि त्यही खातामा जोड्न सकिन्छ ।

पहिलो खाता खोल्ने व्यक्तिले सर्वश्रेष्ठ बचत खातामा एक लाख रुपैयाँ न्यूनतम ब्यालेन्स राख्नुपर्छ तर त्यसपछि आफ्नो खातामा जोडिने तीन जनाको खातामा भने शून्य ब्यालेन्स भए पनि फरक पर्दैन । यसअनुसार पहिलो खाता खोल्ने एक जना र नयाँ जोडिने तीन गरी चार जनाले यो बिमा सुविधामा सहभागी हुने अवसर पाउनेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले एनआईसी एशिया बैंकले उपलब्ध गराएको सर्वश्रेष्ठ बचत खाता नेपाली बैंकिङ क्षेत्रकै उत्कृष्ट खाता भएको बताएका छन् । उनले भने ‘हामीले बैंकिङ क्षेत्रमा विशेष अध्ययन गरेर यो खाता संचालनमा ल्याएका हौं । यो खातामा ग्राहकले ८४ लाखको बिमादेखि सहुलियत कर्जा, ५ वर्षका लागि बैंकबाट उपलब्ध गराइने निःशुल्क सेवाहरू पाउनेछन् ।’

८४ लाखसम्मको बिमा सुविधा

यो बिमा सुविधा पाँच वर्षसम्म उपलब्ध हुनेछ । गुडबिल एम्बेसडर खातामा ८४ लाख रुपैयाँको बिमा सुविधा उपलब्ध छ । जसमध्ये ४० लाखसम्मको दुर्घटना बिमा, ४० लाखसम्मको घातक रोग बिमा र ४ लाखसम्मको औषधि उपचार बिमा पाउने छन् ।

औषधि उपचार बिमामध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजार रुपैयाँसम्म र ओपीडी उपचारका लागि ८० हजार रुपैयाँसम्म पाउँछन् ।

यसरी खोल्न सकिन्छ सर्वश्रेष्ठ बचत खाता

गुडबिल एम्बेसडर खाता खोल्न न्यूनतम ब्यालेन्स १ लाख रुपैयाँ हुनुपर्छ । सबै किसिमको सुविधा र फाइदाहरू एम्बेसडरमा रहेका छन् । बैंकले हिसाब गरेअनुसार गुडबिल एम्बेसडरमा खाता खोल्ने ग्राहकले पाउने प्रतिफल ३३९ प्रतिशतसम्म हुने बैंकले जनाएको छ । सर्वश्रेष्ठ एम्बेसडर बचत खाता अहिलेसम्मकै उत्कृष्ट सुविधा सहितको खाता भएको एनआईसी एशिया बैंकले जनाएको छ । आजभोलि बैंकमा खाता खोल्नु भनेको त्यसबाट आउने ब्याजमात्र नभएर बिमा, सहुलियत ऋण र अन्य सुविधाहरूका लागि पनि हो ।

सबै बैंकले भने यस्ता सुविधा दिन सकेका छैनन् । बजारमा रहेका वाणिज्य बैंकहरूले बचत खातामा दिने सुविधालाई अध्ययन गरी एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता ल्याएको छ । सर्वश्रेष्ठ बचत खातामा विभिन्न प्रकारका २४ सुविधाहरू रहेका छन् । तीमध्ये बिमासम्बन्धी तीन, कर्जासम्बन्धी तीन र अन्य १८ वटा सुविधाहरू छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *