रिबन

सरकारभन्दा शक्तिशाली यातायात व्यवसाय बने, बढाएको जरिवाना पनि मन्त्रीले फिर्ता गराए

उपप्रधानमन्त्री एंव भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले हिजो यातायात व्यवसायी वा मजदुर संगठनको दबाबमा ट्राफिक जरिवाना पनि पहिलाकै कायम गरिदिए र व्यवसायीहरुको माग पनि पूरा गरे । उनले जनताको अघि त व्यवसायीको दबाबमा पाएर ट्राफिक जरिवाना हटाएको भने तर उनले आफैँले व्यवसायीलाई ग्यारेजमा गाडी थन्काउन लगाएको र मजदुरलाई सडकमा उतारेर कुरा कसलाई थाहा ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रीको रुपमा नारायणकाजी श्रेष्ठ आउनेबित्तिकै यातायात व्यवसाय र मजदुर संगठन उनलाई भेट्न फुलमाला र ज्ञापनपत्र लिएर गएका थिए । यता मन्त्री श्रेष्ठले पनि ट्राफिकले बढाएको जरिवाना फिर्ता गराउन यातायात व्यवस्था विभागबाट सरुवा भएका टोकराज पाण्डेलाई निर्देशन दिएका थिए । २०७९ साल पुस ३ गते ट्राफिक महाशाखाले जरिवाना बढायो । तर ट्राफिकले बढाएको जरिवाना फिर्ता नभएपछि मन्त्री श्रेष्ठले विभागका महानिर्देशक पाण्डेलाई सरुवा गरिदिए ।

भनिन्छ, नि जसको गाईभैंसी दुवै छैन उसलाई नै सबैभन्दा बढी दुध खानुपर्छ । हो त्यस्तै, छ मन्त्री श्रेष्ठको पनि आनीबानी । श्रेष्ठले भ्रष्टाचार गर्दिँन भनेर भनेपनि उनले भ्रष्टाचार गरेर कमाएको अपुग सम्पत्ति आफ्नो आफन्तको नाममा राखेका छन् । तर, राज्यको ढुकुटीमा आउनुपर्ने राजस्व भने उनले आउन दिएनन् । ट्राफिक प्रहरीले दिनहुँ २ हजारदेखि ५ हजार वटा गल्ती गर्ने सवारीसाधनलाई कारबाही गर्दछ । यसरी ट्राफिकले कारबाही गरेपछि राज्यको ढुकुटीमा राजस्व आउँछ । यसअघि ट्राफिकले गल्ती गर्ने सवारीसाधनलाई १५ सय जरिवाना लिदैँ आएको थियो तर अहिले मन्त्री श्रेष्ठका कारण १५ सयको जरिवाना ५ सयमा झरेको छ । यसरी राज्यको ढुकुटीमा अर्बो रुपैयाँ आउने राजस्व मन्त्री श्रेष्ठका कारण गुमेको छ । २०४९ सालमा यातायात ऐन जारी भयो भने २०५४ सालमा सवारी तथा यातायात नियमावली आयो । जनताले तिरेको अर्बो कर खर्च गरेर निर्वाचन आयोगले पटक पटक चुनाव गरायो ।

जनताले पनि मतदान गरेर सांसदहरुलाई सदनमा पठाए । तर यातायात ऐन २०४९ र सवारी तथा यातायात नियमावली २०५४ हालसम्म परिवर्तन भएन । २०४९ सालभन्दा पछाडि यातायात मन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशक, सचिव धेरै भए । तर कुनैले पनि यो ऐन परिवर्तन गर्न चासो दिएनन् ।

२०४९ सालभन्दा पछि धेरै पटक चुनाव भयो, पटकपटक सदन बसियो तर हालसम्म यो ऐनकानून परिवर्तन गरिएन । २०४९ सालको यातायात ऐनमा ट्राफिक प्रहरीले यातायात व्यवसायीलाई गल्ती गर्दा लिनुपर्ने जरिवाना र सरकारले व्यवसायीसँग लिनुपर्ने राजस्व दुवै कम छ ।

सरकारले यातायात व्यवसायीसँग लिनुपर्ने पन्ध्र औटा चिजमा २०४९ सालदेखि राजस्व अभिवृद्धि भएको छैन । त्यस्तै, ट्राफिकप्रहरीले सवारी साधनले गल्ती गर्दा लिनुपर्ने १७ ओटा चिजमा जरिवाना बढेको छैन । पहिलेदेखि यातायात व्यवसायीहरुले सार्वजनिक सवारीसाधनको भाडा बढाउन भने सरकारलाई दबाब दिने र राजस्व अभिवृद्धि गर्न थालिएमा मन्त्रालयका मन्त्रीदेखि विभागका महानिर्देशकको समेत सरुवा गरिदिने वा आर्थिक दिएर चुपचाप लगाउने गर्थे ।

यातायात व्यवस्था विभागले २०७५ सालमै सवारी साधनले गल्ती गर्दा लिनुपर्ने जरिवाना अभिवृद्धि गर्न ट्राफिक महाशाखालाई पत्र लेखेको थियो । २०७५ सालभन्दा पछाडि ट्राफिक महाशाखामा धेरै ट्राफिक प्रमुख आए तर कसैले जरिवाना बढाउन पहल गरेनन् । यता ट्राफिक प्रमुख मीरा चौधरी अन्य काममा असफल भएपछि बल्ल पुस ३ गते जरिवाना बढाउन अघि बढिन् । तर यातायात व्यवसायीहरु पेट्रोल र डिजेलको मूल्य बढ्यो भनी नि भाडा बढाउन आन्दोलन गर्ने अनि सरकारले राजस्व वा जरिवाना बढाउन खोज्दा पनि बन्द हड्ताल नै गर्ने । यातायात क्षेत्र सरकारले चलाउनुपर्ने हो तर यहाँ त यातायात व्यवसायीले नै सरकार चलाएका छन् ।

  • यातायात व्यवसायीको अघि सरकार जहिलेपनि निरीह बनिरह्यो । अहिलेपनि देशैभरिको बाटो यातायात व्यवसायीको कब्जामा छ । ३२ वर्षदेखि सरकारले यातायात व्यवसायीसँग लिनुपर्ने राजस्व बढेको छैन । सरकारले सिण्डिकेट हट्यो भनेर ठुल्ठुल्ला अक्षरमा लेखेपनि २०४३ सालदेखि कालीमाटी फालफुल तथा तरकारी बजारमा सञ्चालन भएका ढुवानी गाडीको नयाँ दर्ता खुलेको छैन ।

यसरी ३८ वर्षदेखि त्यहाँ सिण्डिकेट कायमै छ । २०४३ सालमा ३५० वटा टुस्टक ट्याम्पो त्यहाँ दर्ता भएका थिए । ती ट्याम्पोहरुले कालीमाटीबाट तरकारी तथा फलफूल लिने मानिसहरुको घर तथा पसलहरुमा पुप्याउँथ्यो । तर २०६० साल भाद्र ५ गतेको मन्त्रिपरिषद्को बैठकले त्यो तीन पाङ्ग्रे ट्याम्पो विस्थापन गरी लुम्बिनी र गण्डकी बाहेक अन्य जिल्लामा दर्ता गर्न दिने निर्णय गप्यो । साथै, त्यसको सट्टा भर्नामा चार पाङ्ग्रे भ्यान दर्ता गर्न दिने भनियो । यसरी त्यहाँ सिण्डिकेट पनि हटेन र गाडीको संख्या पनि बढ्न पाएन । २०४३ सालभन्दा पछाडि उपत्यकामा जनसंख्या हवात्तै बढ्यो तर गाडीको संख्या बढेन । कालीमाटी वा बल्खुबाट तरकारी तथा फलफूल कृषि मन्त्रालयले खोल्छ न यातायात मन्त्रालय ।

कृषि तथा पशुपन्छी मन्त्री ज्वालाकुमारी साह पनि यातायात व्यवसायीको अगाडि निरीह नै छिन् । भाडाको गाडीको सिण्डिकेट नहटाउँदा वा नयाँ दर्ता नखोल्दा अहिले कालीमाटी तथा बल्खुमा उपत्यकाका व्यापारीहरु राती २ बजेनै तरकारी किन्न पुग्छन् । यसरी तरकारी किनेपछि त्यो लेजाने गाडीको आवश्यकता पर्दछ ।

आयल निगमले पेट्रोल डिजेलको मूल्य घटाउने वा बढाउनेबित्तिकै गाडीको भाडा निर्धारण यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले गर्छ । यातायात व्यवस्था विभागले कालोप्लेटको ढुवानी गाडीको निर्धारण गरेको भाडादरअनुसार कालीमाटीबाट जोरपाटीबाट तरकारी ढुवानी गर्दा ९ सय रुपैयाँ पर्छ ।

भाडाको गाडीको ६/६ महिनामा रोडपर्मिेट, जाँचपास, प्रदूषणलगायत गरेर राज्यलाई राजस्व तिर्नुपर्छ । एउटा गाडी भएकाले घरेलु र दुई वटाभन्दा बढी भएकाले कम्पनीमा गएर पञ्जीकरण गर्नुपर्छ । तर कालीमाटी र बल्खुमा सरकारले सिण्डिकेट नहटाउँदा वा भाडाको गाडीको नयाँ दर्ता नखोल्दा त्यहाँ रातोप्लेटमा दर्ता भएका भ्यानहरुले तरकारी तथा फलफूल ढुवानी गरिरहेका छन् ।

यी गाडीहरुले कालीमाटीबाट जोरपाटीबाट गएको २५ सयदेखि ३ हजारसम्म लिन्छन् । तर यो सरकारले निर्धारण गरेको भाडा होइन । सरकारले निजीप्लेटको गाडीको भाडा निर्धारण गर्दैन भने ट्राफिकले यस्तो गाडीको अनुगमन गर्दैन । यता व्यापारीहरुले जति आफुले गाडीलाई महंगो भाडा तिप्यो त्यति नै तरकारीको मूल्य बढाउँछन् । यसरी जनताको घरमा पाक्ने तरकारी र फलफूल दुवैको मूल्य महंगो भएको हो ।

अहिले जनताहरु तरकारी महंगो भएका कारण तरकारीनै किनेर खान नसक्ने अवस्थामा पुगेका छन् झन् फलफूलको त कुरै छोडौँ । यातायात ऐन २०४९ अनुसार निजी प्लेटको गाडीले यात्रु तथा सामान बोकेर पैसा कमाउन पाउँदैन । निजी प्लेटमा दर्ता भएका गाडीले ६÷६ महिनामा रोडपर्मिेट, प्रदूषण, जाँचपासलगायत केही गर्नुपर्दैन । साथै, यिनीहरु घरेलु तथा कम्पनीमा पनि गएका हुदैँनन् र पञ्जीकरण पनि गर्दैनन् ।

निजी प्लेटको एउटा गाडीमा १५ लाखदेखि ४० लाखसम्म लगानी गर्छन् र एउटै गाडीले दिनहुँ ५ हजारदेखि १० हजारसम्म आम्दानी गर्छ तर त्यसको पनि राज्यलाई राजस्व तिर्दैनन् । सरकारले लामोसमयावधिदेखि मिटरजडान फोस्टक ट्याम्पो र कालोप्लेट तथा हरियोप्लेटको ट्याक्सीको नयाँ दर्ता खोलेको छैन । अनि कहाँबाट सिण्डिकेट हट्यो । सरकारले तीन पाङ्ग्रे फोस्टक ट्याम्पोको दर्ता खोलेमा ट्याक्सी नजाने ठाउँमा ट्याम्पो जान्छ र ट्याक्सीको भन्दा सस्तो भाडा हुन्छ । विकसित मुलुकमा फोस्टक ट्याम्पो चलिरहेको छ तर हाम्रो देशमा कहिलेपनि सिण्डिकेट कायमै छ । अहिलेपनि जनता महंगो भाडा तिर्न बाध्य छन् भने राज्यले राजस्व आएको ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *