रिबन

टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३४ हजार नाघ्यो

काठमाडौँ । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी ३४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

भूकम्पमा परी भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेट्ने आशा क्षीण हुँदै गएको टर्की र सिरियाका अधिकारीहरूले जनाएका छन् ।

टर्कीका अधिकारीका अनुसार टर्कीमा मात्र मुत्यु हुनेको सङ्ख्या ३० हजार नाघेको छ । अहिलेसम्म टर्कीमा ३४ हजारभन्दा बढीको जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै टर्कीमा अहिलेसम्म ८० हजार भन्दा बढी घाइते भएको डिजास्टर म्यानेजमेन्ट एजेन्सीले जानकारी दिएको छ ।

त्यस्तै सिरियामा मृत्यु हुनेको संख्या ३ हजार ५७६ पुगेको छ ।

अत्यधिक चिसोका कारण चौथो दिन पनि खोजीमा बाधा पुगेको छ । अहिलेपनि राहत र उद्धारको कार्य भइरहेको एजेन्सीले जनाएको छ । अहिले टर्कीमा ६० देशका ६ हजार ८०० भन्दा बढी उद्धारकर्ता उद्धार कार्यमा लागिरहेको टर्कीले जनाएको छ ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४: १७ बजे ७.८ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १: २४ मा ७.५ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *