कामठाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगन गरिएको छ । कांग्रेस संसदीय दलको बैठक बिहीबार (भोलि) बस्ने गरी बोलाइएको थियो ।
बुधबार बैठक स्थगन गरिएको सूचना निजी सचिव केशवराज जोशीले बताए ।
पार्टी संसदीय दल कार्यसमितिको यही माघ २२ गते बसेको बैठकबाट माघ २६ गते बस्ने गरी बैठक बोलाउने निर्णय गरिएको थियो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले माघ २६ गते बैठक बस्ने जानकारी दिएका थिए ।
तर, अर्को मिति नतोकी बैठक स्थगन गरिएको छ । कांग्रेस सांसदहरू राष्ट्रपति पदको निर्वाचन आसपास मात्र बैठक बस्ने सम्भावना रहेको बताउँछन् ।





