रिबन

सिन्सियरको कालो कर्तुत बाहिरिएपछि पीडितहरु हर्षित, जाग्यो न्याय पाउने आश !

राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड को–अपरेटिभले कर्जा लिने ऋणीहरुलाई थाहै नदिईकन अर्कोको नाममा ऋण ट्रान्सफर गरिदिने गरेको पाइएको छ । ऋणीहरु मालपोत वा यातायात कार्यालयमा उपस्थित नभईकन सिन्सियरले घरजग्गा र ट्याक्सी अर्कैको नाममा पास गरिदिने गरेको छ । कतिपय ऋणीले कर्जा चुक्ता गरेर खाता बन्द गरेपनि सिन्सियरले तपाईंको ऋण अझै बाँकी छ भनेर तनाव दिने गरेको छ । सिन्सियरबाट ऋण लिएकामध्ये अधिकांशको हाल बेहाल छ ।

सिन्सियरले धितो खाइदिएर कतिपय पागल भए त कतिपय मानसिक रोगको शिकार बनेका छन् । सिन्सियरका कार्यकारी सञ्चालक राजेश खड्का कंलकीका स्थायी बासिन्दा हुन् । सो क्षेत्रबाट चुनाव जितेका नेकपा एमालेका सांसद् कृष्णगोपाल श्रेष्ठसंग आफ्नो राम्रो सम्बन्ध भएको बताउँछन् । श्रेष्ठमार्फत खड्काले एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग पनि बलियो सम्बन्ध स्थापित गरेका छन् । राजनीतिक पहुँच भएका उनले आफूले जतिसुकैलाई बेघर बनाएपनि कसैले केही गर्न नसक्ने ठोकुवा गर्छन् ।

क्याम्पस पढ्दादेखि नै एमालेको झोले बनेका उनले यसलाई आड बनाएर अघि बढेका छन् । यसरी राजनीतिक पार्टीको हवाला दिएर जनता ठग्न मिल्छ ? मीटरब्याजमा पैसा लगानी गरेर धितो पचाउने अनि कर्जावाललाई सुकुम्बासी बनाउने सिन्सियरको योजना हो । राजनीतिक पार्टीकै नाम लिएर ठगीधन्दा चलाएको खड्काले ठुल्ठुला गुण्डा चिनेको बताउँछन् । त्यस्तै, प्रहरीको ठूल्ठूला पदमा भएका र राजनीतिक दलको नेताहरुसंग पनि राम्रो सम्बन्ध भएको उनको भनाइ छ ।

उनी अहिलेसम्म ठग्न सफल हुनुको दुईटा प्रमुख कारणः गुण्डा र राजनीतिक दलका नेता हुन् । यता, ठगेर भएपनि उनले प्रशस्तै सम्पत्ति जोडेका छन् । आफूले जे गरेपनि कसैले हल्लाउन नसक्ने दाबी कार्यकारी सञ्चालक खड्काको छ । कुनै पत्रकारले आफ्नो केही उखाल्न नसक्ने घमण्ड उनीमा छ । मिडियालाई नै चुनौती दिने उनी एक नम्बरको घुसखोर व्यक्ति हुन् । प्रेस काउन्सिलमा समेत आफ्नो मान्छे भएको उनको दाबी छ । सिन्सियरमा नेता, राजनीतिक दल, प्रहरीका हाकिम, ठूल्ठूला व्यापारीलगायतको पैसा छ ।

आफ्नो पहुँचको हवाला दिँदै ठगीधन्दा चलाएका उनले ऋणीलाई आत्महत्या गर्नुपर्ने अवस्थासम्म पुर्याएका छन् । आफ्नो फोन कलबाट पत्रकारलाई कारबाही गर्न सक्छु भन्ने उनी ऋणीलाई धम्क्याउने र तर्साउने गरेका छन् । सिन्सियर सञ्चालन भएको २३ वर्ष भयो । यो अवधिमा सिन्सियरले हजारौंलाई पीडित बनाएको छ । कसैको ट्याक्सी त कसैको निजी गाडी । सेयर, घरजग्गालगायतका धितो भकाभक पचाएर सिन्सियरले हजारौंलाई सडकछाप बनायो ।

तर, कुनै पनि पीडितले बोल्न सक्ने आँट गरेनन् । सिन्सियरसंग गुण्डा छ भन्ने सबै ऋणीलाई थाहा छ । सरकारी कर्मचारी, राजनीतिक दलका नेता, प्रहरी, ठेकेदार, व्यापारी सबैले सिन्सियरमा बचत गरेका छन् । सरकार चलाउने दलहरुसम्म पुगेको सिन्सियरले तलका सबैलाई थिचोमिचो गर्यो । राजनीतिक पार्टीको झोला बोकेर तिनकै आडमा सहकारी खोलेर जनता लुट्ने धन्दा चलाएको सिन्सियरलाई कारबाहीको दायरामा ल्याउने कि नल्याउने ?

सिन्सियरबाट पीडित भएका हजारौंलाई एमालेका अध्यक्ष ओलीले जवाफ दिनुपर्छ । यत्रो वर्षदेखि सिन्सियरले आफ्नो कालो कर्तुत लुकाउँदै आएको थियो । भखरै सिन्सियरको ठगीधन्दा बाहिर आउन शुरु भएको छ । आफ्नो हर्कत लुकाउनका लागि राजनीतिक दलको घरमा धाउने क्रम अगाडि बढेको छ । कार्यकारी सञ्चालक खड्काको दौडधुप केही दिनयता ह्वात्तै बढेको छ । आफूविरुद्ध समाचार लेख्ने पत्रकारलाई थर्काउन पनि उनी अग्रसर बनेका छन् ।

सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा विभागकी अधिकृत मिरा कर्माचार्यलाई कारबाही गर्नुपर्ने पीडितहरु बताउँछन् । पीडितलाई कसले न्याय दिने ? राजनीतिक आडमा ठगहरुलाई जोगाइराख्ने ? यत्रो वर्षदेखि यी तीन हर्ताकर्ताले गर्दै आएको भ्रष्ट्राचार अख्यितार दुरुपयोग अनुसन्धान आयोग र शुद्धीकरण विभागले छानबिन गर्नुपर्ने पीडितहरुको माग छ । राजेन्द्रभक्त नेपाली कांग्रेसका पक्षधर हुन् । वालुवाटारका बासिन्दा उनी काठमाडौं क्षेत्र नम्बर ५ का सांसद् प्रदीप पौडेलसंग राम्रो सम्बन्ध भएको बताउँदै आएका छन् ।

केशव स्थापितसंग आफ्नो चिनजान भएको मिराको भनाइ छ । राजनीतिक कुरा गर्ने, नेताको नाम लिने अनि जनतालाई सुकुम्बासी बनाइदिने ? अहिलेसम्म यिनीहरु राजनीतिक पार्टीकै आडमा बचेका थिए । राजनीतिक पार्टी जनताका लागि खुलेको होइन् र ? नेता नताको सेवक हुनुपर्छ । तर, पैसाका लागि राजनीतिक दलले समेत आफ्नो उद्धेश्य बेचेका छन् । पार्टी चलाउनका लागि यस्ता माफियासंग दल मिल्दा जनता मर्कामा परेका छन् । सिन्सियरको विरोधमा बोल्नेमाथि दुई किसिमको व्यवहार गरिन्छ ।

कि गुण्डाको डर देखाउने कि कुनै आरोप लगाएर भित्र जाँकदिन्छु भनेर धम्काउने । यति भनेपछि ऋण खानेहरु डराइहाल्छन् । सिन्सियरले ऋणीलाई शुरुमै नेपाली कागजमा दाँयाबाँया ल्याप्चे लगाउन भन्छ । खाली पेपरमा समेत ल्याप्चे लगाउन भन्छ । ऋणीलाई ऋणी चाहिएको हुन्छ जसको फाइदा सिन्सियरले उठाउँछ । ऋणीलाई पहिल्यै ल्याप्चे लगाउन लगाएर सिन्सियरले आफूमाथि पर्ने काम गर्छ । बिचरा ऋणी कहाँ जाओस् ? जताबाट पनि आफैं च्यापिन्छन् ।

समाचार लेख्ने पत्रकारलाई पनि प्रहरीमा मुद्दा हाल्ने । अनि प्रेस काउन्सिलमा मुद्दा हालेर दर्ता खारेज गराउँछु भनेर थर्काउँदै हिँडेका छन् । सिन्सियरको विरोधमा सर्वसाधारणले बोल्न सक्दैनन् । ऋणीहरुसमेत बाहिर आउन डराउँछन् । सिन्सियरले पहिल्यै ऋणीलाई चुलुम्मै बनाइसकेको छ । ऋणीहरुले कहीकतै जाने बाटो नै देखेनन् । न्याय पाउने त कुरै छोडौं । कतिपय देश नै छोडेरसमेत हिँडे । सिन्सियरसंग टक्कर लिन नसक्ने भएपछि उनीहरु सबै छोडछाड गरेर कहाँ गए, कसैलाई अत्तोपत्तो छैन् ।

यद्यपि, ढिला नै भएपनि सञ्चारमाध्यमहरुले सिन्सियरको ठगीधन्दा बाहिर ल्याएका छन् । धेरै वर्ष अध्ययन गरेर सिन्सियरले सञ्चारकर्मीहरुले यो कुरा छरपस्ट पारेका छन् । तर, सिन्सियर तिनलाई थर्काउन सञ्चारमाध्यमकै कार्यालय पुगेको छ । समाचार लेख्ने पत्रकारलाई त कारबाही गर्ने धम्की दिन्छ भने सर्वसाधारणलाई सिन्सियरले बाँकी छोड्छ । ऋणीसंग के पहुँच हुन्छ ? न प्रहरी प्रशासन उनीहरुको साथमा हुन्छ न राजनीतिक दल । अड्डा अदालत गरिबको लागि बनेको होइन् भन्ने त सबैलाई स्पष्ट थाहा छ ।

पत्रकारसम्म जाने क्षमता उनीहरुसंग छैन् । जसको फाइदा सिन्सियरले उठायो । सिन्सियरको विरोधमा कुनै पनि पीडित न्यायको ढोकासम्म पुगेका छैनन् । सिन्सियरका तीन हर्ताकर्ता यति बाठा छन् कि प्रमाण सबै आफूसंगै राख्छन् । पीडितको हातमा केही पनि हुँदैन् । ऋण दिने बेलैमा हस्ताक्षर, ल्याप्चे लगाइसकेको हुन्छ । अनि पीडित कहाँ जाऊन् । कानुनमा सिन्सियर पूरै माथि, ऋण खाने पूरै तल । सिन्सियरको विरोधमा अहिलेसम्म आवाज नउठ्नुको कारण यही हो ।

सिन्सियरले ठग्दै, पाइला मेटाउँदै आयो । जसरी हुन्छ ऋणीलाई मारेर सिन्सियरले आफू बच्ने काम गर्यो । तर, क्रमिक रुपमा सिन्सियरको ठगीधन्दाको भण्डाफोर हुँदैछ । सिन्सियरको ठगीधन्दा बाहिर आएपछि पीडितहरु हर्षित बनेका छन् । सिन्सियरले गरेको कालो कर्तुत कहिले बाहिर आँउला ? आफू मरेपनि अरु नमरुन् भन्नेहरु यतिखेर खुसी भएका छन् । सिन्सियरको ठगीधन्दा बाहिर ल्याउने सञ्चारमाध्यमप्रति पीडितहरु आभारी बनेका छन् । पीडितहरु सिन्सियर घेर्न तयार भइसकेका छन् । सिन्सियर बन्द गर्नुपर्छ भन्नेमा पीडितहरु देखिन्छन् ।

सिन्सियरका तीन हर्ताकर्ताको सम्पत्ति छानबिन गर्न अख्तियार र शुद्धिकरण विभागमा मुद्दा हाल्न पीडितहरु तम्तयार छन् । सिन्सियर ढिलो भएपनि कानुनको दायरामा आँउछ । अरुलाई घरबारविहिन बनाएर सिन्सियरका तीन हर्ताकर्ताले भ्रष्ट्राचार गरेर जोडेको सम्पत्ति राष्ट्रियकरण हुनुपर्ने पीडितको माग छ । बेइमानी कामको भर्पाइ सिन्सियरका तीन हर्ताकर्ताले गर्नुपर्छ । आफूले न्याय पाँउछु भन्ने आश पीडितहरुलाई छ । सरकार, नागरिक अभियन्ता, मिडिया सबैले आफुहरुको साथ दिने पीडितहरुको अपेक्षा छ । उपभोक्तावादी ज्योति बानियाँ, प्रेम महर्जनलगायतले सिन्सियरलाई कानुनको दायरामा ल्याउने आशा गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *