रिबन

सर्वसाधारण जनता कहिलेसम्म सरकारी सेवाका लागि घण्टौ लाइनमा बस्ने ?

हामी सर्वसाधारण जनता जन्मिएदेखि मृत्युसम्मै राज्यलाई कर तिछौँ । त्यसमा पनि कुनैले ठुलो व्यापारव्यवसाय गरेर धेरै कर तिर्छन् त कुनैे सानोतिनो काम गरेर । एक जोर चप्पल नलगाएर, एक छाक मिठो नखाएर वा एक जोर नयाँ कपडा नलगाई हामी जनता सरकारलाई कर तिर्छन् ।

जनताले तिरेको करमा सरकारी कर्मचारीहरु मोजमस्ती गर्छन् । उनीहरु जनताले नै तिरेको करबाट खान्छन्, लगाउँछन् र मोजमस्ती गर्छन् । यति मात्र नभई तलबभत्ता, मिटिङ भत्ता र पेन्सन पनि सजिलै पचाउँछन् । अहिले त सरकारी कर्मचारीको सेवाग्राहीप्रतिको व्यवहारबाट सबै पीडित नै छन् ।

सरकारले बनाएको कानूनअनुसार सरकारी कर्मचारी बिहान १० बजेभित्र कार्यालयमा छिरिसक्नुपर्छ भने अनिवार्य रुपमा बेलुका ५ बजेसम्म आफ्नो कामकाज गर्नुपर्छ । तर नेपालमा भने यसको ठ्याक्कै उल्टो हुन्छ । यहाँ त सेवाग्राहीहरु भ्ने बिहानै आएर सेवाका लागि लाइनमा बस्छन् त कर्मचारीहरु १२ नबजी कार्यालय पस्दैँनन् ।

यता बेलुका ५ बजेसम्म बस्नुपर्ने ठाउँ बिरामी भएको वा घरबाट काम आएको नाटक गरेर घरतिर दौडिन्छन् । वडा कार्यालय, नगरपालिका, विभागदेखि मन्त्रालयसम्मै कुनै पनि सरकारी कर्मचारी सरकारले निर्धारण गरेको समयावधिभित्र कार्यालयमा आउँदैनन् ।

साथै, हाजिर गर्ने मेसिन पनि बिग्रारेको हुने गर्नाले उनीहरुलाई छुटमाथि छुट नै हुन्छ । तर उनीहरु कार्यालय आएपनि के तै उखाल्ने हो र ? सधैँझैँ १२ बजे आउँछन् । आइपछि आफ्नो कोठामा नछिरे राजनीतिक गफसफ गर्न साथीभाइको कोठातिर छिछन् । त्यसपछि नपुगुन्जेल तेरोमेरो पार्टीको गफ गर्छन् र पुगेपछि खाजासाजा खान बस्छन् ।

अनि बाँकी भएको समयमा टिकटक बनाउने, मोबाइल चलाउने वा आफन्तजनसँग कार्यालयको फोनमा कुराकानी गर्ने काम हुन्छ । कर्मचारीहरुलाई न जनताको नै चासो हुन्छ न अन्य कुराको । उनीहरुलाई कहाँबाट घुस पाइन्छ त्यसको मात्र दौडधुप हुन्छ ।

जनताले तिरेको करबाट हामीले तलबभत्ता खाइरहेका छौँ त्यसैले भएपनि हामीले जनताको काम इमान्दारिताको साथ गर्नुपर्छ भनेर उनीहरु सोच्दैनन् । उनीहरु जनताकै करमा मोजमस्ती गर्छन् अनि जनतालाई नै दाधागिरी देखाउँछन् । अब भन्नुस् के यो ठिक हो ?

यता घण्टौ लाइन बसेपछि बल्लतल्ल पालो आउँछ तर त्यसमा पनि डकुमेन्ट पुगेन वा फाइल मिलेन भनेर उनीहरु सेवाग्राहीलाई फर्काइदिन्छन् । फेरि त्यहँी कामका लागि लेखनदास र दलालीलाई पैसा दिएमा तुरुन्त गराइन्छ ।

सरकारी कार्यालयमा पैसा दिए नहुने काम पनि गरिन्छ तर पैसा नदिए हुने काम पनि गरिदैँन । अहिले त यो वर्षोदेखि सरकारी कार्यालयमा चल्दै आएकोएउटा परम्परा जस्तै भइसकेको छ । देशमा राजनीति परिवर्तन भयो तर सरकारी कर्मचारीको जनताप्रतिको सोच र जिम्मेवारीमा कहिल्यै परिवर्तन भएन ।

यता लेखनदास तथा दलालीहरुले सेवाग्राही वा जनतासँग लिएको पैसा आधाआधा गरेर सरकारी कर्मचारी र उनीहरु खान्छन् । त्यस्तै, सरकारी कार्यालयमा ३ बजेभन्दा पछाडि राजस्व नलिने अनि सेवाग्राहीले बिहानदेखि लाइनमा बसेर पनि सेवा नपाउने ।

कति कर्मचारीहरु अहिलेपनि कामकाज नगरेर कोठाभित्र हिटर तापेर बस्छन् त कति कुर्सी लिएर छतमा घाम ताप्छन् ।
त्यस्तै, कार्यालयमा मिटिङ्ग बस्दा २० जना भएमा ५० पोका खाजा ल्याइन्छ अनि बढी भएको सबै खाजा आफ्नो घरतिर लगिन्छ । कार्यालयमा आवश्यक पर्ने सामानहरु ५ हजारमा ल्याएमा १५ हजारको बिल बनाइन्छ । कार्यालयमा ल्याएका नयाँनयाँ सामान पनि हरायो भनेर चोरेर वा बिग्रियो भनेर घरतिर लगिन्छ ।

कार्यालयको फोनबाट घण्टौसँग आफन्तजनसँग कुराकानी गरेर वा फेसबुक चलाएर बस्छन् । यति मात्र नभई कार्यालयमै टिकटक बनाउँछन् । कर्मचारीहरु न सरकारले बनाएको मापदण्ड पालना गर्छन् न कानून ।

कर्मचारीहरुले सर्वसाधारणलाई सिकाउनुपर्ने ठाउँमा अहिले सर्वसाधारण जनताले सरकारी कर्मचारीलाई सिकाउनुपर्ने दिन आएको छ । कर्मचारीहरु अहिलेपनि सर्वसाधारणसँग राम्रो बोलीवचन गर्दैनन् । उनीहरु मैहुँ ठान्छन् र आफुलाई जे मन लाग्यो त्यँही गर्छन् । त्यसैले गर्दा पनि आज देशको स्थिति यो अवस्थामा पुगेको छ ।

देशमा धेरै परिवर्तन भयो तर कर्मचारीहरुले जनताको कामकाज कहिल्यै छिटोछरितो नगर्दा देश नै संकटन्मुख अवस्थामा पुग्यो । कर्मचारीहरु राजनीतिक दलको झोला बोक्छन् र राजनीति दलकै संगठन खोल्छन् । साथै, आफुलाई मन पर्ने ठाउँमा सरुवा हुन वा बढुवा हुन नेताको घरमा धाउँछन् ।

कार्यालयका कति कार्यालय प्रमुख वा डिजीहरुले आफ्ना आफन्तलाई करार सेवामा छिराई स्थायी गराउने गर्छन् । जसले गर्दा गरिब जनताका छोराछोरीहरु मेहेनत गरेर पढेपनि जागिरबाट वञ्चित हुन्छन् । कर्मचारीहरु आफुपनि जनताको काम छिटोछरितो नगर्ने र नयाँ मानिसलाई पनि आउन नदिने ।

उनीहरु आफैँ चोर काम गर्छन् अनि आफैँ शिर ठाडो पार्छन् । अहिलेका कर्मचारीहरुले आइरहेको आधा तलबमा काम गर्छु र छिटोछरितो रुपमा काम गरेर जनतालाई सेवा प्रदान गर्छुभन्दा पनि नयाँ जनशक्तिले ठाउँ नपाउँदैनन् । तर पुरानो कर्मचारीहरुले न जनताको काम नै गर्छन् न घुस खान नै छोड्छन् ।

साथै, यस्ता काम नगर्ने कर्मचारीहरुलाई तलबभत्ता, सेवासुविधा र पेन्सन दिँदा आज देशको न विकास भयो न प्रगति । बरु राज्यको ढुकुटी भने रित्तियो । सरकार पनि वर्षेपिछे सरकारी कर्मचारीको तलब बढाउँछन् । तर सरकारी कर्मचारीहरु बढेको तलब भने खुशीखुशी भएर लिर्छन् तर जनताको काम गर्दैनन् ।

यस्तै, राजनीतिक दलका नेताहरु पनि जनताको काम नगरी घुस खानेहरु कारबाही गर्नुको साटो झनै पार्टीको सदस्यता प्रदान गर्छन् । कर्मचारीहरु पनि पार्टीलाई पैसा दिन्छन् त त्यँही पैसाले राजनीतिक दलको पार्टी चलिरहन्छ । सरकारले सोच्दैँ नसोची सरकारी कर्मचारीको तलबभत्ता र बृद्धभत्ताहरु बढाउँदै लग्यो तर आज सरकार नै कंगाल भयो ।

आज नेपालको अवस्था निकै नाजुक अवस्थामा पुगेको छ । देशको ढुकुटी प्रत्येक दिन रित्तिरहेको छ त राजस्व उठ्न कम भइसकेको छ । त्यस्तै, एक नेपालीको टाउकोमा मात्रै विदेशी ऋण ८५ हजार पुग्न थालिसकेको छ । छिमेकी देश र विदेशी देशहरुले पनि नेपालको अर्थतन्त्र डुबिसकेको थाहा पाइसकेका छन् । त्यसैले, अब विदेशी देशले नेपाललाई ऋण तथा अनुदान नदिएमा सरकारले सरकारी कर्मचारी तलबभत्ता खुवाउन सक्दैँन ।

नेपाल श्रींलकाभन्दा पनि कमजोर आर्थिक अवस्थामा पुग्न विज्ञहरु बताउँछन् । अहिले घरजग्गा, गाडी र सेयरको किनबेचमा मन्द िआइसकेको छ भने बैंकहरु टाट पल्टिसकेका छन् त सहकारीहरु डुबेर भागिसके । महंगी हवात्तै बढेको छ त महंगीका कारण जनताहरु आफैँ बाँच्न नसक्ने अवस्थामा पुगेका उनीहरु कर तिर्न नसक्ने अवस्थामा पुगेका छन् ।

सरकारले हिजो कमिशनको लोभमा भटाभट गाडी किनेर सरकारी गाडीमा दर्ता गर्यो । एउटा सरकारी कर्मचारीलाई ३ लाखदेखि ३ करोड मूल्य पर्ने गाडी किनेर दियो तर गाडी मात्र भएर भएन । पेट्रोलडिजेल र चालक पनि चाहियो । साथै, गाडी बिग्रिएपछि त्यसलाई मर्मत पनि गर्नुपर्यो ।

सरकारको पहिलो गल्ती नै सरकारी कर्मचारीलाई गाडी दिनु हो । कर्मचारीहरु कार्यालयआउँदा हिँडेर आओस् वा भाडाको गाडीमा ? यो विषय न सर्वसाधारणको चासोको विषय हो न सरकारको । यता सरकारी कर्मचारीमा २० लिटर पेट्रोल र डिजेल खर्च भएको छ भने ३० लिटर खर्च भएको बताउने त मर्मत गर्दा १ लाख खर्च भएमा ३ लाखको बिल बनाउने ।

नयाँ नयाँ सरकारी गाडीहरु आफन्तलाई सिकाउनका लागि प्रयोग गर्ने र ती गाडीहरु कुचाउने, ठोक्काउने अनि त्यँही गाडी बनाउने भनेर फेरि वर्कशपमा लगेर कमिशन खाने । यता बिहानबेलुका छोराछोरीलाई स्कुल पुप्याउन, बजार जान वा आफन्तजनकोमा जानु परेमा पनि सरकारी गाडीको प्रयोग गर्ने ।

त्यस्तै, सरकारी बिदामा दिन पनि आफन्तजन भेट्न वा घुमफिर गर्न जानका लागि पनि सरकारी गाडीकै प्रयोग गर्ने । यति मात्र नभई सरकारी गाडी लिएर जाँडरक्सी खान जाने । यता सरकारी गाडीहरु बिदाका दिन पनि बाटामा गुडिरहेका हुन्छन् र ती गाडीहरु पास लिएका हुदैँनन् । तर ट्राफिक महाशाखा ती गाडीलाई कारबाही नगरी हेरेर मात्र बस्छ ।

सरकारी गाडीहरु खाली गुडिरहेका हुन्छन् तर ट्याक्सी चढ्ने पैसा नभएर सर्वसाधारण जनताहरु भाडाको गाडी कुरिरहँदा पनि कर्मचारीहरु त्यो गाडीमा चढ्न दिदैँनन् । सर्वसाधारण आफु खाईनखाई कर तिर्छन् तर त्यँही करमा सरकारी कर्मचारी रमाउँछन् । अहिलेपनि कति ठाउँमा झोलुङ्गे पुल नभएकाले खोलो तर्दा कोशी वा खोलाले बगाएर मृत्यु भएको छ । त्यस्तै, कति ठाउँमा तुइनबाट ओहोरदोहोर गर्नुपर्छ ।

ग्रामीण भेगमा विद्यालय नभएका कारण वा भएपनि निकै टाढा भएकाले बालबालिकाहरु शिक्षाबाट वञ्चित छन् । त्यस्तै, बिरामी वा सुत्केरी हुँदा पनि अस्पताल नभएकाले एकदुई दिनको बाटो हिड्नुपर्छ । जसले गर्दा उनीहरुको बाटोमै मृत्यु हुन्छ । सरकार ती क्षेत्रको विकास निर्माणका लागि बजेट दिदैँनन् ।

तर सरकारी गाडी किन्न भन्नेबित्तिकै अर्थमन्त्रालयले बजेट दिन्छ । यसबाट पनि अर्थ मन्त्रालय पनि कमिशनमै बिक्छ भनेर स्पष्ट हुन्छ । सर्वसाधारण जनता अहिले सरकारी कर्मचारीलाई फरक दृष्टिकोणले हेर्छन् । उनीहरु सरकारी कर्मचारीलाई देश र जनताको सेवक नभई भष्टाचारी र लोभी भन्छन् । यति मात्र नभई देश डुबाउनेमा समेत उनीहरु सरकारी कर्मचारीकै हात रहेको बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *