काठमाडौं । भारतको राजस्थानमा सेनाको लडाकु विमान दुर्घटना भएको छ। भारतीय पत्रिका दैनिक भास्करका अनुसार भरतपुरको उचैन प्रहरी चौकी क्षेत्रको पिङगोरा गाउँ नजिकै विमान खसेर टुक्राटुक्रा भएको छ ।
घटनाको जानकारी पाएपछि प्रहरी र सेनाका अधिकारी घटनास्थलमा उपस्थित भएका छन् ।
स्थानीयका अनुसार हेलिकप्टरमा आकाशमै आगो लागेर खसेर विमान रेलवे स्टेसननजिकै दुर्घटना भएको स्रोतले जनाएको छ ।
विमान दुर्घटना हुँदा भएको क्षेति भने एकिन आउन सकेको छैन ।




