रिबन

आज कर्णालीमा मन्त्रिमण्डल विस्तार हुने

काठमाडौं । सत्तारुढ दलहरूको बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाएसँगै बुधबार कर्णाली प्रदेशको मन्त्रीमण्डल विस्तार हुने भएको छ।

कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डाको विषयमा सहमति भएको माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

भागबण्डामा नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिएको छ।

एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *