रिबन

एक्लै रुने गर्दछौ

१. को बुझ्छेोँ कसका कुरा? सकसमा एक्लै रुने गर्दछेोँ
आ- आफ्नै सुरसारमा छ दुनियाँ देख्छेोँ कहाँ चेत्दछेोँ!
आयेोँ जो धरतीविषे सब जना जाने कहाँ भुल्दछेोँ
आफै दीन हुने दिशातिर बढी मान्छेहरू चुक्दछेोँ।।

२.मान्छे हेोँ मनभित्र दिव्य धुन छन् खोज्नेहरू छेोँ कति?
आफै शान्त भई अशान्त जनको सेवा दिने खै मति??
ईर्ष्यामुक्त हुने उपाय कतिले लिन्छेोँ खुला चित्त ली?
स्वार्थी भाव बढाउँदै शिखरको को चुम्न सक्ला चुली??

३. पैसामात्र छ लक्ष्य यो युगविषे त्यागी कहाँ पाउनु?
भोग्ने चाह असीम भो यदि भने को शान्तिमा धाउनु??
चर्का भाषण छाँट्नुपर्छ दिल नै सङ्कीर्ण पारीकन
हिंसाभाव छ चित्तमै यदि भने बन्ला र को सज्जन!

४. आफूमात्र बडो हुने नजर छन् दोषी अरू हुन् अरे!
होच्याई सबको नि मालिक हुने इच्छा लिदै छेोँ भरे!!
मान्छेभित्र सुभावना लहर छन् खोज्छेोँ यहाँ को कति?
हामी अमृत पुत्र हेोँ धरणिका खै होशिलो त्यो मति??

५. आफैलाई बुझाउने समझ होस् सद्भाविलो बन्नु छ
लाखेोँ चोट परून् सबै रिपु बनून् सम्हालिने गर्नु छ।
जाने हो तर जानुपूर्व बुझ होस् कर्तव्यको बोध होस्
आनन्दी मधुभाव भित्र छ कतै डुब्ने उतै चाख होस्।।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *