रिबन

मुख्य समाचार : क्रिकेटर सन्दीप लामिछाने रिहा, छिटै क्रिकेटमा फर्कने दाबी

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले अब आफु छिट्टै क्रिकेट मैदानमा फर्कने बताएका छन् । नाबालिगमाथि बलात्कार आरोपित लामिछाने २० लाख धरौटी तिरेर आज थुनामुक्त भएका छन् । थुनामुक्त भएपछि पत्रकारसंगको कुराकानिमा उनले भने ‘म छिट्टै क्रिकेट मैदान फर्किन्छु, एकदमै राम्रोसँग फर्कन्छु ।’ साथै सन्दीपले सुरुमा केही समय परिवारसँग समय बिताउने समेत बताएका छन् ।

नाबालिका बलात्कार अभियोगमा केन्द्रीय कारागारमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । बिहीबार पाटन उच्च अदालतले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिए पनि शुक्रबार दिउँसो मात्र धरौटी बुझाएर उनी रिहा भएका हुन् ।

उच्च अदालतको आदेशमा शुक्रबार रिहा भएका नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको पेसी माघ ९ गतेलाई तोकिएको छ । क्रिकेटर लामिछाने माथि लागेको वालिका बलात्कारसम्बन्धी मुद्दाको अन्तिम छिनोफानो अघि बढाउन जिल्ला अदालत काठमाडौंले ९ माघका लागि पेसी तोकिदिएको हो ।

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाभारतको कृष्णको उपमा दिएका छन् । शुक्रबार राष्ट्रिय सभामा विशेष समय लिएर गौतमले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अर्जुनको उपमा दिएका छन् ।

नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले केपी शर्मा ओलीकै कारण देशले प्रगति गर्न नसकेको बताएका छन् । नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै भुसालले एमालेमा ओलीवाद हाबी भएकै कारण देशले प्रगति गर्न नसकेको बताएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा पार्टी सरकारमा सामेल हुने राप्रपाका एक नेताले जानकारी दिए । उनका अनुसार अध्यक्ष लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री हुने सम्भावना छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाँडै मन्त्रिपरिषद् विस्तार गर्दै छन् ।

नेपाली कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनमा अन्य दलसँग पनि मत माग्ने निर्णय गरेको छ । पार्टी सभापति सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा बसेको पार्टी पदाधिकारी बैठकले सभामुख र उपसभामुखको निर्वाचनमा अन्य राजनीतिक दलसँग छलफल गरेर मत माग्ने निर्णय गरेको हो ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारको भीषण आगलागी नियन्त्रणमा आएको छ । बजारको काउली चोकको सन्तोष राईको घरबाट बेलुकी ७ बजेतिर सुरु भएको आगलागीले बजारका ६ वटा घरमा क्षति पुगेको जनाइएको छ । घटनामा दुई घर पूर्ण क्षति र चारमा आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

साउनदेखि मंसिर मसान्तसम्म विदेशी विनिमय सञ्चिति १२ खर्ब ९२ अर्ब ५६ करोड रूपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले सावर्जनीक गरेको पाँच महीनाको वित्तीय विवरण अनुसार गत असार मसान्तको तुलनामा अहिले उक्त्त सञ्चिति ६.३ प्रतिशतले बढेको देखिएको हो । २०७९ मंसिर मसान्तमा विदेशी मुद्रा सञ्चिति १२ खर्व ९२ अर्ब ५६ करोड रूपैयाँ पुगेको छ ।

रुसले युक्रेनको पूर्वी शहर सोलेदारलाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले रणनीतिक महत्वको सोलेदार शहर कब्जा गर्न सफल रहेको दाबी गरेको भएपनि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसी सेनासँग निरन्तर लडिरहेको दाबी गरेको अमेरिकी सञ्चार संस्था सिएनएनले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *