काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका हुन् ।
उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्याएर लामिछाने भोलिमात्र रिहा हुने बताइएको छ ।
उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार धरौटीबापत् नगदै वा वैक ग्यारेन्टी बुझाएपछि सक्कल आदेश काठमाडौं जिल्ला अदालतमा पठाइनेछ । त्यसपछि काठमाडौं जिल्ला अदालतले केन्द्रीय कारागारमा बुझाइएपछि प्रक्रिया पुगेपछि लामिछाने रिहा हुनेछन् ।




