काठमाडौं । बागमती प्रदेशमा सभामुख पदका लािग ३ जनाको उमेवारी दिएका छन् ।
सत्ता साझेदार दलबाट राप्रपाका भुवन पाठक, नेपाली कांग्रेसका शिवराज अधिकार र नेमकिपाकी सृजना सायजुले सभामुखपदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति रहेकाले पनि सोहिअनुसार
राप्रपाका पाठक नेकपा एमाले र माओवादीसहितको समर्थनमा सभामुखको उम्मेदवार बनेका हुन् ।
नेकपा एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रस्ताव र नेकपा माओवादी केन्द्रका युवराज दुलालले पाठकलाई समर्थन गरेका छन् । बागमती प्रदेशमा सत्ता साझेदार पाँच दलसँग ७० सांसद छन् ।
सबैभन्दा ठूलो दल भएर पनि सत्ताबाहिर रहेको नेपाली कांग्रेससँग ३७ सांसद छन् । तर पनि उसले अधिकारीलाई उम्मेद्वार बनाएको छ । उनको प्रस्तावकमा कुन्दनराज काफ्ले र रामकृष्ण चित्रकार समर्थक छन् ।




