रिबन

प्रदेश नम्बर एकमा मन्त्रालयको संख्या घटाउने निर्णय

काठमाडौं । प्रदेश नम्बर १ मा मन्त्रालयको संख्या घटाएर ९ वटा कायम गर्ने निर्णय भएको छ ।

नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो ।

अघिल्ला मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको ५ दलीय गठबन्धनको सरकारले सत्तासमीकरण मिलाउन ७ वटाबाट बढाएर १३ वटा मन्त्रालयको संख्या पुर्‍याएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *