प्रविधि

राहदानी वितरणमा देखिएको समस्या समाधान भएको राहदानी विभागको दाबी

काठमाडौं । राहदानी विभागले राहदानी वितरणमा १७ पुसमा देखिएको समस्याको समाधान भइसकेको जनाएको छ ।

आज सूचना निकालेर विभागले राहदानीको आवेदन दिएकाहरुले राहदानी तयार रहेको म्यासेज मोबाइलमा आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपछि राहदानी लिनका लागि सम्पर्क गर्न समेत जानकारी दिएको छ ।

विभागले प्रधानमनन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई अझै चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन विभागले आवश्यक प्रक्रिया अघि बढाउने उल्लेख गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारकार सचिव तथा विभागीय प्रमुखहरुलाई निर्देशन दिँदै एक महिना भित्र सेवाग्राहीले लाइनमा बस्नु पर्ने र झन्झट व्यहोर्नु पर्ने समस्या सधैंका लागि अन्त्य गर्ने निर्देशन दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *