राजनीति

सर्तसहित सरकारमा सहभागी हुने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने निर्णय गरेको हो ।

राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक दिनुपर्ने, मन्त्रिपरिषद्‍बाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरामा ल्याउनुपर्ने लगायतका सर्त सरकारसँग राख्ने निर्णय समेत गरेको छ ।

त्यस्तै यसै वर्षबाट कृषि मल कारखाना सुरु गर्नुपर्ने लगायत विषय समेत सम्बोधन गर्नुपर्ने सर्त अघि सारेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *