समाचार

बागमती कांग्रेस संसदीय दलमा बानियाँ पराजित

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर लामा विजयी भएका छन् । इन्द्र बानियाँलाई ५ मत पराजित गर्दै लामा संसदीय दलको नेतामा विजयी भएका हुन् ।

लामाले २१ मत प्राप्त गरेका छन् भने बानियाँले १६ मत प्राप्त गरे ।

काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी भएका छन् ।

बुधबार भएको निर्वाचानमा लामाले इन्द्र बानियाँलाई पराजित गरेका हुन् । लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत प्राप्त गरे ।प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा भएको मतदानमा ३७ जनाले मतदान गरेका थिए ।

उनीहरू दुवैजना संस्थापन पक्षका हुन् । लामा सभापति शेरबहादुर देउवा निकट हुन् भने बानियाँ नेताहरू पूर्णबहादुर खड्का र प्रकाशमान सिंह निकट मानिन्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *