काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले पहिल्यै भएको सहमती तोडेपछि गठबन्धन टुटेको बताएका छन् ।
आज (आइतबार) विहानसम्म प्रचण्ड, कांग्रेस सभापति देउवासँग वार्तामा नयाँ सरकारवारे छलफलमा जुटेका थिए । राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न नमानेपछि माओवादीले गठबन्धन तोेडेर एमालेसँग सहकार्य गरेको हो । माओवादी केन्द्र र एमालेबीच आलोपालो प्रधानमन्त्री र पहिलो चरणमा प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ ।
प्रचण्डले देउवा एक साताअघि भएको सहमतिमा टिक्न नसकेकाले नयाँ परिस्थिति सिर्जना भएको प्रचण्डको भनाइ ।
‘आजभन्दा ठीक एक साताअघि मेरो देउवाजीसँग पहिलो चरणको नेतृत्व मैले गर्ने, दोस्रो चरणको उहाँले गर्ने सहमति भएको थियो,’ उनले भने, हिजो आएर




