संसद

नवनिर्वाचित सांसदले लिए शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो सवा एक बजेपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ खुवाएका हुन् ।

नेपालीबाहेक १४ वटा मातृभाषामा २६ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका छन् । हिन्दीदेखि संस्कृतसम्मका भाषामा सांसदहरुले शपथ लिएका हुन् ।

जबराले भने ज्येष्ठ सदस्यको हैसियतले बुधबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका थिए ।

शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिएको छ ।

शपथ ग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिएलगत्तै नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *