रिबन

एम्बाप्पेले बनाए चार गोल गर्ने पहिलो खेलाडीको रेकर्ड

काठमाडौं । फ्रान्सका केलिएन एम्बाप्पे विश्वकपको फाइनलमा चार गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

विश्वकपको फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गर्दै एम्बाप्पेले आफ्नो गोल संख्या चार पुर्‍याए । यसअघि सन् २०१८ को फाइनलमा गोल गरेका एम्बाप्पेले आइतबारको खेलको ८० औँ, ८१ औँ र ११८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

जारी विश्वकपमा एम्बाप्पे धेरै गोल गर्ने खेलाडी बन्दै गोल्डेन बुट जित्ने खेलाडी समेत बनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *