रिबन

विश्वकप फुटबल : मोरक्कोलाई हराउँदै तेस्रो बन्यो क्रोएसिया

काठमाडौं । जारी विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा क्रोएशिया विजयी भएको छ ।

मोरक्कोलाई २–१ गोलअन्तरले पराजित गर्दै क्रोएसिया विजयी भएको हो । अल–रायानस्थित खालिफा अन्तराष्ट्रिय स्टेडियममा भएको खेलको ४२ औँ मिनेटमा मिस्लभ ओरसिकले गोल गर्दै क्रोएशियालाई २–१ को अग्रता दिलाएका थिए ।

त्यसअघि खेलको सातौँ मिनेटमा नै १–० ले पछि परेको मोरक्कोका लागि अच्राफ दारीले गोल गर्दै टोलीलाई १–१ को बराबरीमा ल्याएका थिए । खेलको नवौँ मिनेटमा गोल गर्दै उनले मोरक्कोलाई खेलमा फर्काएका थिए ।

खेलको ७ औँ मिनेटमा जोस्को जिचार्डियोलले गोल गर्दै क्रोएशियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *