रिबन

क्रोएसियासँग पराजित भएपछि विश्वकप फुटबलबाट ब्राजिल बाहिरियो

काठमाडौं । कतारमा जारी विश्वकपबाट ब्राजिल बाहिरिएको छ ।

क्रोएसियाविरुद्धको खेलमा ब्राजिल पराजित भएपछि बाहिरिएको हो । निर्धारित समयमा गोल नभएपछि अतिरिक्त समयमा पुगेको खेलको पहिलो हाफको अन्तिम मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा क्रोएसियाले गोल गर्दै टाईबेकरमा पुगेको थियो । दोहास्थित एजुकेशन सिटी स्टेडियममा भएको खेलमा क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४– २ ले पराजित गरेको हो । यसअघि पनि ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरिएको थियो।

५ पटकको विश्वकप विजेता ब्राजिल क्रोएसियासँग पहिलोपटक पराजित भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *