रिबन

आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन २ मा नेपाल नामिवयासँग पराजित

काठमाडौं । नामिबियामा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ श्रृंखलाअन्तर्गत तेस्रो खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित भएको छ ।

विन्डोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा नामिबियाले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपालले ४६ दशमलव ५ ओभरमा १० विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो ।

जितपछि नामिबायले ३० खेलबाट ३७ अंक जोडेको छ । नामिबियाले लिग टु को शीर्ष तीनमा रहेर अर्को वर्ष हुने एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना बलियो बनाएको छ भने २३ खेलबाट १८ अंक मात्र बनाएर लिग टु मा छैटौं स्थानमा छ ।

नामिवयासँग पराजित भएपछि नेपालको शीर्ष तीनमा पर्ने सम्भावना लगभग सकिएको छ । ६ टिम सहभागी लिग डिभिजन २ मा स्कटल्याण्ड र ओमानको समान ४४ अंक छ र नेपालले अब बाँकी रहेको सबै १३ खेल जितेपछि यी दुई टिमसँग अंक बराबरी हुनेछ ।

नेपाल लिग टु को शीर्ष पाँचमा परेमा ओडिआई मान्यता जोगाउनेछ भने प्लेअफ क्वालिफायर खेल्नुपर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *