ताजा समाचार

सर्वोच्चको प्रश्न- ‘ जबरालाई निलम्बन फुकुवाको पत्र कुन कानुनअनुसार दिइएको हो?’

काठमाडौँ ।सर्वोच्च अदालतको पूर्ण इजलासले संसदलाई निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कुन संवैधानिक र कानुनी व्यवस्था अनुसार महाभियोग निष्प्रभावी भएको पत्र दिइएको हो भनेर जानकारी माग गरेको छ ।

संसदका महासचिव भरतराज पौडेलले बुधबार निलम्बित प्रधानन्यायाधीश जबराको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र लेखेका थिए । त्यस लगत्तै सर्वोच्चको फुलकोर्ट बसेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *