काठमाडौं । चारपल्टको विश्वकप विजेता जर्मन जापानसँग पराजित भएको छ । विश्वकप २०२२ को पहिलो खेलमा जमृनी जापानसँग २–१ ले पराजित भएको हो ।
जर्मनीले लगातार दोस्रोपल्ट विश्वकपको पहिलो खेलमा हार बेहोरेको हो । उसलाई रूसमा सन् २०१८ मा मेक्सकोले १–०ले पराजित गरेको थियो । जापानले जर्मनीविरूद्व अन्तर्राष्ट्रिय फुटबलमै पहिलो जित रचेको हो ।
खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा इकाय गुन्डोगनको पेनाल्टी गोलमा जर्मनीले ३३ औं मिनेटमा १–० को अग्रता लिएको थियो ।




