काठमाडौं । कतारमा विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन सत्र आरम्भ भएको छ।
पहिलोपल्ट मध्यपूर्वको एक मुस्लिम देशमा हुन लागेको यो प्रतियोगिताको आयोजना विभिन्न विवादको छायामा परेको थियो । तर फुटबलको विश्व प्रशासकीय निकाय फिफाले यो प्रतियोगितामा सहभागी सबै ३२ वटा राष्ट्रलाई फुटबल खेलमा ध्यान केन्द्रित गर्न भनेको छ।
आयोजक कतार र एक्वडोरका बीच अल बेएत रङ्गशालामा भएको पहिलो खेलसँगै प्रतियोगिता सुरु भएको हो।
सन् २०२१ को फेब्रुअरी महिनामा गार्डिअन पत्रिकाले कतारले विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने निर्धारण भएयता त्यहाँ भारत, पाकिस्तान, नेपाल, बाङ्ग्लादेश र श्रीलङ्का गरी ६ हजार ५ सय आप्रवासी मजदुरहरूको ज्यान गएको समाचार प्रकाशन गरेको थियो ।
प्रतियोगिता आयोजक कतार र एक्वडोरका बीच पहिलो खेल हुने अल बेएत रङ्गशाला दोहाबाट ३५ किमी टाढा छ ।
यसअघि गत हप्तामात्रै सन् २०१० मा कतारलाई खेल आयोजनाको अवसर दिने घोषणा गरेका फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरले त्यो निर्णय ‘गल्ती’ भएको बताएका थिए।




