रिबन

यूएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं ।नेपाली राष्ट्रिय पुरुष क्रिकेट टीमका नवनियुक्त कप्तान रोहित पौडेलले यूएईविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा टस जितेर फिल्डिङ रोजेका छन्। त्रिवि क्रिकेट मैदानमा सोमबार बिहान ९ बजेदेखि सुरु हुने खेलबाट रोहितले नेपालको नेतृत्व सम्हाल्दैछन्।

निवर्तमान कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई निलम्बन गरेको थियो। सन्दीप अहिले पूर्पक्षका लागि थुनामा छन्।

सन्दीपको निलम्बनपछि रिक्त रहेको कप्तानको जिम्मेवारी पूर्व उपकप्तान रोहितलाई दिइएको हो।

रोहितको कप्तानीमा हुन लागेको पहिलो खेलमा दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, अर्जुन साउद, गुल्शन झा, हरिशंकर साह, कुशल भुर्तेल, करण केसी र ललित राजवंशीले प्लेइङ ११ मा स्थान बनाएका छन्।

नेपालले आजदेखि सुरु हुने तीन ख्लको बाइलाट्रल सिरिजमा तीन खेल खेल्ने छ। दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय बुधबार र तेस्रो शुक्रबार हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *