काठमाडौं । संयुक्त राज्य अमेरिकामा हिजो सम्पन्न मध्यावधि निर्वाचनको नतिजा आउन थालेको छ ।
हाल सम्म आएको नतिजामा अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभामा रिपब्लिकन पार्टीले फराकिलो अग्रता प्राप्त गरेको छ भने माथिल्लो सदन सेनेटमा रिपब्लिकन पार्टी र राष्ट्रपति जो बाइडनको डेमोक्राटिक पार्टी हाराहारीको अवस्थामा रहेका छन् ।
दुई सदन मध्य कुनै एक सदनमा रिपब्लिकन पार्टीले बहुमत प्राप्त गरेको खण्डमा राष्ट्रपति बाइडनलाई आफ्ना नीतिहरू संसदबाट अनुमोदन गर्न धेरै समस्या पर्ने सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।




