रिबन

टाइटानिकको भग्नावशेष नजिकै भेटिएको रहस्यमय संकेत के हो ?

काठमाडौँ । यदि तपाईंले कुनै पनि जहाज डुब्नुको सबैभन्दा धेरै कथा सुन्नुभएको छ भने, त्यो टाइटानिक नै हुनुपर्छ । टाइटानिक जहाज यति चर्चित छ, त्यसमाथि फिल्म बनेको छ र यसको बारेमा कैयौं अनुसन्धान भइरहेका छन् ।

टाइटानिक जहाज सन् १९१२ मा उत्तरी एट्लान्टिक महासागरमा आफ्नो पहिलो यात्राको क्रममा डुबेको थियो । समुन्द्रको गहिराईबाट ४ किलोमिटर तल रहेको टाइटानिक जहाजको भग्नावशेष अझै दुई टुक्रामा रहेको छ । यो जहाज अहिले बिस्तारै सडिरहेको छ । करिब २६ वर्षअघि भेटिएको सोनार ब्लिपले अहिले टाइटानिक समुन्द्रको गहिराइमा एक्लै नभएको खुलासा गरेको छ ।

पीएच नार्गोलेट एक पनडुब्बी पाइलट र गोताखोर हुन् । नार्गोलेटले सन् १९९६ मा इको साउन्डिङ इक्विपमेन्ट (सोनार) मार्फत टाइटानिक नजिकैको राडारमा रहस्यमय वस्तु देखेका थिए । यो के हो थाहा भएन । यस वर्षको सुरुमा, नार्गोलेट र अन्य चार अनुसन्धानकर्ताहरूले रहस्यमय वस्तुको खोजी सुरु गरे । नार्गोलेटले राडारमा रहेको ब्लिप अर्को जहाज वा टाइटानिकसँग जोडिएको भग्नावशेष हुनसक्ने विश्वास गरे ।

समुद्रको गहिराइमा के भेटियो ?

ब्लिपको साइट खोज्दा त्यहाँ एउटा ढुङ्गा भेटियो । यी चट्टानहरू विभिन्न ज्वालामुखी संरचनाहरू मिलेर बनेका थिए । यस ठाउँमा हजारौं प्रजातिका लोबस्टर, स्पन्ज र कोरल हुने सम्भावना छ ।

‘यो जैविक रूपमा आकर्षक छ,’ स्कटल्याण्डको एडिनबर्ग विश्वविद्यालयका समुद्री जीवविज्ञान र इकोलोजीका प्राध्यापक मुर्रे रोबर्ट्सले भने । यस चट्टानको नजिक बस्ने जीवहरू अथाह महासागरमा बस्ने जीवहरू भन्दा धेरै फरक छन् । रोबर्ट्सका अनुसार अथाह महासागरलाई ३ देखि ४ किलोमिटर पानीको गहिराइमा रहेको ठाउँ भनिन्छ । पृथ्वीको सतहको करिब ६० प्रतिशत भाग यस्तो छ ।

रोबर्ट्सले भने, ‘नार्गोलेटले महत्त्वपूर्ण खोज गरेको छ । तिनीहरूले सोचे कि यो एक जहाज दुर्घटना हुनेछ, तर मेरो अनुसार यो त्यो भन्दा राम्रो छ । यो महासागर वैज्ञानिकहरुका लागि कुनै खजाना भन्दा कम छैन ।’

ढुङ्गा फेला परेपछि पनि यो ठाउँ निकै समतल र हिलो हुने विश्वास गरिएको थियो । तर भर्खरै गोताखोरहरूले यस ठाउँको भ्रमण गर्दा त्यहाँ चट्टानको संरचना पनि रहेको भेट्टाए । अन्वेषकहरूले डाइभिङको क्रममा चट्टान नजिक खिचिएका तस्बिर र भिडियोहरूको विश्लेषण गरिरहेका छन् । वैज्ञानिकहरू विश्वास गर्छन् कि यो खोजले उनीहरूको समुद्री जीवनको बुझाइमा सुधार गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *