समाचार

भारतले फेरि बनाउन थाल्यो महाकाली नदीमा तटबन्ध

काठमाडौं । भारतले दार्चुला सदरमुकाम खलंगा पारि महाकाली किनारमा फेरि तटबन्ध निर्माणको काम सुरु गरेको छ । पुरानै ठेक्कालाई निरन्तरता दिँदै भारतीय पक्षले तटबन्ध निर्माणको काम अगाडी बढाएको हो ।

भारतीय पक्षले तटबन्ध निर्माणबारे यस पटक जिल्ला प्रशासन कार्यालय दार्चुलालाई समेत जानकारी दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार भारतीय पक्षले तटबन्ध निर्माणको काम सुचारु गर्दा प्रशासनलाई जानकारी गराएको हो ।

भारतीय पक्षको जानकारी पश्चात् दार्चुलास्थित नेपाली प्रशासनकातर्फबाट साउदले तटबन्धको स्थलगत अनुगमन समेत गरेपछि महाकाली नदीको धार परिवर्तन नहुने गरी तटबन्ध निर्माण गर्न आग्रह गरिएको उनले उनको भनाइ छ ।

‘भारतीय पक्षले पुरानै ठेक्काको कामलाई अगाडी बढाएको हो, नदीको धार परिवर्तन हुने खालका कुनै गतिविधि नगरेको उनले बताइन । उनका अनुसार भारतीय पक्षलाई नदीको धार परिवर्तन नहुने गरी तटबन्ध निर्माण गर्ने निर्देशन दिएको छ । उक्त विषयमा भोली थप जिल्ला प्रशासन कार्यालयमा दुवै देशका अधिकारीबीच भोली थप छलफल हुने बताइएको छ ।

विगतका वर्षहरुका भने तटबन्ध निमार्ण गर्नु अघि कुनै पनि पक्षसंग छलफल गरेको थिएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *