रिबन

प्रधानमन्त्रीको काम परिको कथा सुनाउने होइन–वेलायती प्रधानमन्त्री

काठमाण्डौं । वेलायतका प्रधानमन्त्री ऋषि सुनकले संसदमा सांसदहरुको कडा सवालको सामना गरेका छन । प्रधानमन्त्री भएपछि उनले संसदमा सांसदहरुको अनेक सवालको जवाफ दिएका छन । छोटो तर चित्त वुझदो जवाफ दिएर उनले सांसदहरुको वाहवाही कमाएका छन । उनले संसदमा वोलेको सवाल जवाफको भिडियो अहिले भाइरल भएको छन । सांसदहरुले प्रधानमन्त्री सुनकलाइ वेलायतमा महंगी बढेको,भ्रष्टाचार बढेको भन्दै जनतालाइ र कसरी यो सरकारले राम्रो काम गर्छ भनेर आश्वस्त पार्ने भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री सुनकले बडा घतलाग्दो जवाफ दिए । उनले भने–नेता भनेको परिको कथा वाचन गर्ने मानिस होइन । जनतालाइ जे राम्रो लाग्छ,त्यो भन्ने मान्छे होइन । उसको काम भनेको कठिन समयको सामना गर्ने र समाधान निकाल्ने हो । र यो सरकारले त्यो काम गर्छ । उनले यसो भनेपछि संसद भवन तालिले गुञ्जिएको थियो । उनले महंगी नियन्त्रण देखि सिमा रक्ष गर्ने सम्मका आफना योजना वताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *