काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चारवटा भूभाग रुसमा गाभिएको घोषणा गरेका छन् ।
मस्कोमा आयोजित कार्यक्रममा पुटिनले युक्रेनको लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सन क्षेत्र रुसमा गाभिएको घोषणा गरेका हुन् ।
पुटिनले त्यस क्षेत्रमा बसोबास गर्ने दसौं लाख मानिसको चाहनामा निर्णय भएको भन्दै चारवटा क्षेत्र रुसी महासंघको नयाँ क्षेत्र भएको दाबी गरेका छन् ।
कार्यक्रममा रुसले त्यस क्षेत्रमा नियुक्त गरेका ४ जना अधिकारीहरूले विलय सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।




