विश्व

रुसले युरोप ग्याँस पठाउने पाइपलाइनमा विस्फोट, इयूको चेतावनी

काठमाडौँ । रुसबाट जर्मनीसम्मको प्राकृतिक ग्यास पाइपलाइनमा चुहावट भएको खबर आएपछि युरोपेली संघ (इयू) मा आक्रोश पोखिएको छ ।

इयूले यस सम्बन्धमा प्रतिकारात्मक कारबाही गर्ने चेतावनी दिएका छन् । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले दुई पानीमुनि प्राकृतिक ग्यास पाइपलाइनलाई जानाजानी क्षति पुर्‍याएको आशंका गरिएको बताएका छन्।

ईयूका २७ सदस्य राष्ट्रहरूद्वारा जारी विज्ञप्तिमा बोरेलले भनेका छन्, ‘सबै उपलब्ध जानकारी र प्रमाणहरूले यो चुहावट जानाजानी कार्यको परिणाम हो भन्ने संकेत गर्दछ।” युरोपेली ऊर्जा पूर्वाधारमा बाधा पुर्‍याउने कुनै पनि जानाजानी प्रयास पूर्ण रूपमा अस्वीकार्य छ ।’ उनले भने । उनले सबै एकजुट भएर यसको कडा जवाफ दिइने बताए ।

भूगर्भशास्त्रीहरूले बाल्टिक सागरमा विस्फोट हुनु अघि रूसबाट जर्मनीसम्म पानीमुनि प्राकृतिक ग्यास पाइपलाइनमा चुहावट भेटिएको बताएका छन् ।

रुसको नोर्ड स्ट्रीम-१ रुसको सेन्ट पिटर्सबर्गदेखि जर्मनीको उत्तर-पूर्वी क्षेत्रसम्म ब्लास्टिक समुन्द्रमा करिब १२ सय किलोमिटर रहेको छ । रुसले गत फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि नोर्ड स्ट्रीम-२ लाई बन्द गरिएको थियो ।

क्रेमलिनका प्रवक्ता डिमित्री पेसकोभले पाइपमा लिकेजको विषयमा रुसले अत्यन्त सरोकार राखिरहेको बताउदै यस्लाई जानी जानी नोक्सान पुर्याइएको विश्व अस्वीकार गर्न नसकिने बताएका छन् ।

यता युक्रेनले भने यो आतंकवादी आक्रमण भएको र यसको पछाडी रुसको हात रहेको बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *