रिबन

दलहरुले बुझाए समानुपातिकको बन्दसूची, सूचीमा पहुँचवालाकै रजगज

काठमाडौं । निर्वाचन आयोगको कार्यतालिकाअनुसार सोमबार सबै राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसुची बुझाएका छन् ।

कांग्रेसले प्रवक्ता डाक्टर प्रकाशशरण महत, पूर्वउपसभापति विमलेन्द्र नीधिदेखि केन्द्रीय सदस्य आरजु राणासम्मलाई समानुपातिक उम्मेदवार बनाएर सूची आयोगमा पठाएको छ ।

यता नेकपा माओवादीले समेत उपाध्यक्ष कृष्णबहादुर महरासहितका नेताहरुलाई समानुपातिक उम्मेदवारका रुपमा अघि सार्दै निर्वाचन आयोगमा सूची बुझाएको छ ।

नेकपा एमालेले समेत उपाध्यक्ष रामबहादुर थापा पत्नी नैनकला थापालाई समानुपातिक उम्मेदवारका नाम पठाएको छ । कांग्रेसको विधानमै यसअघि समानुपातिक सांसद बनेकाहरुलाई फेरी समानुपातिक सांसद नबनाउने व्यवस्था गरेको थियो । त्यसैअनुसार अहिले नयाँलाई पठाइएको हो

यता नेकपा एमालेले समेत यसअघि समानुपातिक सांसद बनेकाहरुलाई नदोहोराउने नीति अघि सारेको छ । समानुपातिक प्रणाली लाग गूर्दा लामो समयदेखि पिछडिएको क्षेत्र, समुदाय, लिंग, वर्गको न्युनतम प्रतिनिधित्वको सुनिश्चित गर्ने उद्धेश्य राखिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *