समाचार

एमालेले निर्वाचन आयोगलाई बुझायो समानुपातिक उम्मेद्वारको सूची

काठमाडौ । आउँदो मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेको छ ।

समानुपातिकमा संघतर्फ ११० र प्रदेशतर्फ २२० जनाको सूची बोकेर एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्यसहितको टोली आयोग पुगेको हो ।

आचार्यले आगामी निर्वाचन भयरहित र निष्पक्ष हुनुपर्ने बताएका छन् । अहिलेसम्म ३५ बढीले दलले समानुपातिक तर्फको बन्दसूची बुझाइसकेको निर्वाचन आयोगले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *