ताजा समाचार

सोलुखुम्बुबाट प्रचण्डको प्रस्ताव – ‘विशेष प्रदेश बनाउँ’

सोलुखुम्बु । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष प्रदेश बन्नुपर्ने बताएका छन् ।

सोमबार प्रेस सेन्टर नेपाल, सोलुखुम्बुले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूसँग सवालजवाफ गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘विशेष प्रदेश बन्नुपर्छ भनेर माओवादीले पहिल्यैदेखि भनिरहेको छ’, उनले भने, ‘अहिले पनि हामीले एजेन्डा फेरेका छैनौँ ।’

उनले माओवादी सधैँ समानता-समावेशीताको पक्षमा रहेको दोहोर्‍याउँदै उनले भने, ‘यो सोलुखुम्बुबाट म भन्न चाहन्छु, विशेष प्रदेश बन्नुपर्छ । यहाँ सोलुखुम्बुकै सन्दर्भमा भन्ने हो भने शेर्पा विशेष प्रदेश बन्नुपर्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *