काठमाडौं । भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
नेपालका लागि पहिलो हाफमा रश्मि कुमारी घिसिङले निर्णायक गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।
महिला साफमा भारतमाथि नेपालको यो पहिलो जित हो ।




