खेलकुद

महिला साफ चयाम्पियनसीप : नेपाल ४–० गोलले अगाडि

काठमाडौं । फुटबल प्रतियोगिताको पहिलो हाफ सकिँदासम्म नेपाल ४–० गोलअन्तरले अगाडि रहेको छ ।

त्रिपुरेश्वरस्थिति दशरथ रङ्गशाला मैदानमा आज भएको नेपाल र श्रीलङ्काबीच खेलमा नेपाल ४–० गोलअन्तरले अगाडि रहेको हो । नेपालका लागि सरु लिम्बू, रश्मीकुमारी घिसिङ, अमृता जैसी र दिपा शाहीले एक/एक  गोल गरे । 

सरुले खेलको १०औँ  मिनेटमा गोल गरिन् भने रश्मीले खेलको ११औँ मिनेटमा गोल गरिन् । अमृताले १७औँ मिनेटमा गोल गर्दा दिपाले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गरिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *