कला/साहित्य

गजल

रमाउ हेर तिमी सँधै ख़ुशी मेरा तिमीलाई दीऐं ।
नाच्नु तिमी उल्लास पुर्वक,आँगन मेरो तिमीलाई दिऐं ॥

कोशिश गरें मन जित्न,दुई आत्मा एक भई बॉंच्न ।
महंगो रैछ खुशिको मोल,किन्ने जिम्मा तिमीलाई दिऐं ॥

लक्ष्य हाम्रो एक भन्थ्यौ, हिड्ने बाटो पनि एक ।
दोबाटोमा अल्मलिएँ, रोज्न बाटो तिमीलाई दिऐं ॥

सम्हाल्न त खोजेकै हो, खुशी अनि विश्वासलाई ।
डोको रैछ मेरो भॉंडो, खोज्न डालो तिमीलाई दिऐं॥

यात्राक्रम यस्तै रैछ, हिंडदा हिंडदै थाके पाईला ।
हारें मैले जित तिमी, जित मैले तिमीलाई दिऐं॥

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *