रिबन

निलम्बनमा परेपछि सन्दिपले विदेशी प्रतियोगिता खेल्न पाउँछन् ?

काठमाडौं । नेपाल क्रिकेट संघले राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछानेलाई निलम्बन गरेको छ । बलात्कारसम्बन्धी जाहेरी परेको र काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति समेत प्रहरीले पाएपछि क्यानले निलम्बन गरेको हो ।

निलम्बनसँगै कप्तानको जिम्मेवारी खोसिएको छ । उनी अब राष्ट्रिय र नेपालका तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछैनन् । क्यारेवियन लिग खेल्न वेष्ट इन्डिजमा रहेका लामिछानेले त्यहाँ खेल्न पाउने वा नपाउने भन्ने विषय अब आइसीसीले गर्ने निर्णयमा निर्धारण हुनेछ ।

आइसीसीले चासो व्यक्त गरेको भएपनि अहिलेसम्म कुनै निर्णय भने गरिसकेको छैन । यता लिग खेल्न विदेशमा रहेका लामिछानेले भने त्यहाँको खेल सकेर नेपाल फर्कने तयारी गरेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *