काठमाडौं । अफगानिस्तानलाई पराजित गर्दै पाकिस्तान एसिया कपको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा अफगानिस्तानविरुद्ध रोमाञ्जक जित निकाल्दै पाकिस्तान फाइनलमा पुगेको हो । अफगानिस्ताले दिएको १३१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४ बल बाँकी छँदै ९ विकेटको क्षतिमा भेटाएको हो ।
पाकिस्तानका लागि नवौं विकेटका लागि मैदान प्रवेश गरेका नशिम साहले ४ बलामा १४ रन बनाउँदै रोमाञ्जक जित निकालेका हुन् । जितसँगै पाकिस्तान एसिया कपको फाइनल प्रवेश गरेको छ ।
यसअघि भारतलाई पराजित गर्दै श्रीलंका फाइनलमा पुगेको छ । फाइनल खेल सेप्टेम्बर ११ मा हुनेछ ।
पाकिस्तान विजयी भएसँगै भारतको फाइनल पुग्ने झिनो सम्भावना समेत सकिएको छ ।




