काठमाडौँ । अन्टार्कटिकाको ‘डुम्सडे ग्लेशियर’ पग्लिएपछि विश्वको समुद्री सतहमा ठूलो वृद्धि हुन सक्ने नयाँ अध्ययनले देखाएको छ यस हिमनदीको नाम यसको द्रुत पग्लिने कारण राखिएको हो, जसको अर्थ प्रलय हो । यसको मूल नाम थ्वाइट्स ग्लेशियर हो ।
अब वैज्ञानिकहरूले यसको पग्लने दर अपेक्षित भन्दा छिटो हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । यसले समुद्री सतहमा ठूलो परिवर्तन ल्याउन सक्ने उनीहरुको आशंका रहेको छ ।
अन्टार्कटिकाको थ्वाइट्स ग्लेशियर (डूम्सडे ग्लेशियर) द्रुत गतिमा पग्लिरहेकाले समुद्रको सतह धेरै फिट बढ्न सक्ने अनुमान गरिएको छ । यसको आकार बेलायतको बराबर छ । यस्तै चिन्ताका बीच पृथ्वीको बढ्दो तापक्रमका कारण यो हिमनदी तलदेखि समुद्रको माथिसम्म पग्लिरहेको छ ।
नेचर जियोसाइन्समा प्रकाशित एक अध्ययनमा वैज्ञानिकहरूले ग्लेशियर भविष्यमा कस्तो हुनेछ भनेर जान्नको लागि ग्लेशियरको ऐतिहासिक नक्साङ्कन गरेका छन् । यसमा उनले दुई शताब्दीमा हिमनदीको आधार समुन्द्रबाट अलग भएको पाए । त्यसयता यो हरेक वर्ष २.१ किलोमिटरको दरले पग्लिरहेको छ । यो विगत एक दशकमा वैज्ञानिकहरूले अवलोकन गरेको दरभन्दा दोब्बर हो ।

समुन्द्रको सतह ३ फिटसम्म बढ्न सक्छ
यस अनुसन्धानका प्रमुख लेखक तथा युनिभर्सिटी अफ साउथ फ्लोरिडाका सामुद्रिक भूभौतिकशास्त्री एलिस्टेयर ग्राहमले २०औं शताब्दीको मध्यमा यो हिमनदी द्रुत गतिमा लोप भएको बताए । तर भविष्यमा यो ग्लेशियर अझ छिटो पग्लने सम्भावना छ । यदि यो ग्लेशियर पूर्णतया पग्लियो भने, एक अनुमान अनुसार, समुद्र सतह तीन फिटसम्म बढ्न सक्छ ।
जसका कारण तटीय क्षेत्रसँग जोडिएका देशलाई ठूलो नोक्सान हुने छ । क्षतिको कुरा गर्ने हो भने विगत तीन दशकमा समुन्द्री सतह एक फिटभन्दा कमले बढेको र यस परिवर्तनका कारण विश्वका धेरै क्षेत्रमा ठूलो बाढी आएको बुझिन्छ । यदि यो ग्लेशियर पूर्णतया पग्लियो भने, हामीले समुद्री सीमालाई पुन: कोर्नु पर्ने हुन सक्छ।
थोरै समयमा ठूलो परिवर्तन हुनेछ
रोबर्ट लार्टर, एक समुद्री भूभौतिकशास्त्री र ब्रिटिश अन्टार्कटिक सर्वेक्षणका अध्ययनका सह-लेखकले थ्वाइट्स ग्लेशियर वास्तवमा चिन्ताको कारण भएको र आगामी भविष्यले छोटो अवधिमा ठूलो मात्रामा परिवर्तनहरू देख्न सक्ने बताएका छन् । यसको प्रभाव आगामी वर्ष मात्रै देख्न सकिन्छ । एलिस्टेयर ग्राहमले निष्कर्षहरूले अन्टार्कटिक बरफको पाना बिस्तारै पग्लिनेछ भन्ने पहिलेको अनुमानको खण्डन गरेको बताएका छन् । समयको सही अनुमानका लागि टोलीले आगामी समयमा सेडिमेन्टको नमूना लिने अध्ययनमा बताइएको छ ।




